मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ८८ पुग्यो, ३१ जना अझै बेपत्ता

बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या ८८ पुग्यो, ३१ जना अझै बेपत्ता


काठमाडौं । मनसुन सुरु भएसँगै असार २६ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ८८ पुगेको छ । गृहमन्त्रालयका अनुसार बाढी, पहिरो तथा डुबानमा परी ज्यान गुमाउनेको संख्या बुधबार बेलुकासम्म ८८ पुगेको हो । 
 
त्यसैगरी ३१ जना अझै बेपत्ता भएको जनाइएको छ । उपचाररत ४१ जना घाइतेमध्ये ३० जनाको उपचारपछि फिर्ता पठाइएको छ भने ११ जनाको अझै उपचार भइरहेको छ ।
 
बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रमा अहिले राहत तथा उद्धारको काम तीव्र पारिएको गृहमन्त्रालयले जनाएको छ ।  वर्षा तथा बाढीका कारण प्रदेश नं २ मा मात्रै ३२ जनाको मृत्यु भएको छ ।
 
प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार वर्षा, बाढी तथा डुबानमा परी सो प्रदेशमा महिला, पुरुष र बालबालिका गरी ३२ जनाको मुत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए । 
 
बाढी तथा डुबानमा परी प्रदेशमा १३ हजार ४४ घरपरिवार विस्थापित भएका छन् भने छ लाख ७९ हजार ३१५ व्यक्ति प्रभावित भएका छन् । 
 
यसैगरी तीन हजार ५७४ घर पूर्णरुपमा क्षति भएको छ भने एक लाख १८ हजार १०४ जना प्रभावित मानिस विस्थापित भई सुरक्षित ठाउँमा गएको सो कार्यालयले जनाएको छ । 
 
सप्तरीमा बाढी तथा डुबानबाट कुनै पनि मानवीय क्षति भएको छैन भने सबभन्दा बढी रौतहटमा बाढी र डुबानमा परी बालबालिका, पुरुष तथा महिला गरी नौ जनाको मुत्यु भएको जनाइएको छ