मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पहिराका कारण रातभर जाग्राम

पहिराका कारण रातभर जाग्राम


दार्चुला । महाकाली नगरपालिका–९ दत्तुका ७० वर्षीय विशनसिह गोयलाको गत असार २६ गतेबाट रातको निद्रा हराएको छ । दत्तु–थाप्ला–मालिकार्जुन सडक निर्माणका क्रममा सडकबाट पहिरो खसेपछि उनले घर जोखिममा परेको छ । 
 
पहिरो आएपछि सबैभन्दा माथिको घर उनकै परेको छ । पक्की घर र एउटा भान्छा छ । दुई घरको बीचबाट पहिरो गएको छ । उनले उक्त सडक निर्माणका क्रममा धेरै पटक घरमाथिको डाँडा भएर सडक नलैजान भने तर, उनको जोड चलेन । रातिराति गाउँ माथिको सुख्खा डाँडा भत्काएर सडक काटियो । एउटै मोडमा सडक जानुपर्नेमा चारवटा मोड हालियो ।
 
अहिले त्यही जबर्जस्ती स्थानीयवासीको विरोधकाबीच काटिएको सडकले अहिले दत्तु ठेका गाउँका आधादर्जन बढी घर जोखिममा छन् । उनले भने, “मैले घरमाथिको डाँडा नकाट्न अनुरोध गरेकै हु, मानेन्, अब घर बचाई दिनुप¥यो, माथिबाट पहिरो आउँदैनथ्यो, अहिले सडक काटेपछि पहिरो आएको हो ।” पहिरोले पानी नआउने ठाउँमा खोला बग्ने बनेको छ । डाँडाबाट आएको पहिरो, तल दत्तु सडकसम्मै पुगेको छ । “पानी परेको प¥यै हुन्छ, रातभर आलोपालो जाग्राम बस्नु परेको छ”, उनले भने ।
 
नगरपालिकाका इञ्जिनीयरले सडक निर्माणमा लापरवाही गरेका कारण अहिले गाउँ जोखिममा परेको स्थानीय राजेन्द्र नगारीले बताए ।
 
सडक एलाइटमेन्ट कहाँ लैजानुपर्छ भन्ने जानकारी नहुँदा अहिले गाउँ जोखिममा परेको उनले बताए । अर्का स्थानीयवासी धनसिंह भाटकाअनुसार अहिले पानी परेको रात जाग्राम बस्नुपरेको छ । 
 
अहिलेदेखि नै पहिरो संरक्षणका लागि ध्यान नदिए पूरै गाउँ बग्ने नागरिकको भनाइ छ । “पहिरो गएको एकसाता भयो, अहिलेसम्म त्रिपालबाहेक केही सहयोग पाइएको छैन्, हाम्रो जमीन क्षति भइसकेको छ, अर्कै ठाउँमा स्थानान्तरण गरिदिनुप¥यो”, उनले भने । 
 
यस्तै दत्तुकै थाप्ला क्षेत्रमा पनि पहिरोको जोखिम देखिन थालेको छ । थाप्लामा प्रकाशसिंह सामन्त, सीता समान्त, तारा धामी र त्रिलोक सामन्तका घर जोखिममा परेका छन् । यस्तै प्रदेश सरकारको सहयोगमा निर्माण भइरहेको प्रसूतिगृह भवनमासमेत क्षति पुगेको छ ।