मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सर्वोच्चले भन्यो- विषादी परीक्षण नगरी तरकारी र फलफूल नल्याउनू

सर्वोच्चले भन्यो- विषादी परीक्षण नगरी तरकारी र फलफूल नल्याउनू


काठमाडौँ । सर्वोच्च अदालतले तरकारी र फलफूल तेस्रो मुलुकबाट आयात गर्दा विषादी परीक्षण नगरी नल्याउन दिएको आदेश यथावत राखेको छ ।
 
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले यसअघि सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश यथावत राखेको हो । 
 
अधिवक्ता भद्रप्रसाद नेपाल ९स्वागत नेपाल० सहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए । सो रिटमा मंगलबार सुनुवाई नसकिएपछि यसअघिकै अन्तरिम आदेश यथावत राखिएको हो । 
 
विषादी परीक्षण गरेर मात्र तरकारी र फलफूल आयात गर्ने निर्णय विपरीत परीक्षण नगर्ने भन्दै मन्त्रिस्तरीय निर्णय भएपछि सो निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएका थिए । 
 
उपभोक्ता हित संरक्षण मञ्‍च नेपालकोतर्फबाट अधिवक्ता विष्‍णुप्रसाद तिमिल्सिना र अधिवक्ता कञ्‍चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै रिट दायर गरेका थिए । मंगलबार स्वागत नेपालको रिटमा सुनुवाई भएको छ ।