मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दर्जनौँ व्यक्तिसँग करोडौँ ठगी गर्ने सरिता जेल चलान

दर्जनौँ व्यक्तिसँग करोडौँ ठगी गर्ने सरिता जेल चलान


पोखरा । नेपालीमा एउटा उखान छ, पाप धुरीबाट कराउँछ । दर्जनौँ व्यक्तिसँग करोडौँ ठगी आरोप लागेकी बागलुङ रणसिंह किटेनीकी सरिताकुमारी राना उच्च अदालतको फैसलापछि जेल चलान गरिएकी छन् । 
 
पोखराको अर्घौचोकमा बस्दै आएकी सरिताले ५० जनाभन्दा बढीबाट रु साढे दुई करोड ठगी गरेको आरोपमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्याल र न्यायाधीश नरबहादुर शाहीको इजलासले सो फैसला गरेको हो । 
 
पुर्पक्षका लागि थुनामा रहेकी सरितालाई रु साढे दुई करोड बिगो र सोही बमोजिमको जरिवाना गरी रु पाँच करोड भराउने फैसला गरिएको थियो । तर सरिताले सो जरिवाना तिर्न नसकेपछि जेल चलान गरिएको रजिस्ट्रार जीतेन्द्रबाबु थपलियाले बताए । 
 
आफन्त, छिमेकी, साथीभाइसँग विभिन्न बहानामा करोडौँ रकम लिएकी सरिताविरुद्ध विसं २०७५ माघ १ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा पहिलो उजुरी परेको थियो । माघ ७ गते उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याएर अनुसन्धान अगाडि बढाइएको थियो । 
 
माघ १० गते दर्ता भएको मुद्दामा माघको अन्तिम साता तत्कालीन मुख्य न्यायाधीश जीवनहरि अधिकारीको इजलासले उक्त धरौटी माग गरिएकामा तिर्न नसकेपछि उनलाई पुर्पक्षका लागि थुनामै राखिएको थियो । बैंकिङ कसुर मुद्दामा बिगो, बिगो बराबर जरिवाना र तीन महीनासम्म जेल सजाय हुनसक्ने व्यवस्था रहेको छ ।