मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु


चितवन । चितवनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
 
रत्ननगर नगरपालिका वडा नम्बर ७ बद्रेनीमा जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ६२ वर्षको कान्छो दराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ ।
 
घरबाट कामको लागि सौराहा जाने क्रममा बिहान करिब ६ बजे बाघमारा सामुदायिक वनको चौर नजिक दराईलाई हात्तीले आक्रमण गरेको थियो । उनको शव सडकबाट ५० मिटरभित्र जंगलमा फेला परेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । दराईलाई हात्तीले घिर्सादै जंगलमा लगेको उनले बताए ।
 
घटनास्थलको प्रकृती हेर्दा र स्थानियले बताएका आधारमा हात्तीले आक्रमण गरेको पुष्टी भएको उहाँले बताउनुभयो । बाख्रा चराउन आएका स्थानियले शव देखेपछि विहान ११ बजे प्रहरीलाई खबर गरेका थिए ।