मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली मन्दिरमा बच्चाहरुका लागि समर क्याम्प सुरु

नेपाली मन्दिरमा बच्चाहरुका लागि समर क्याम्प सुरु


ड्यालस (टेक्सस) – नेपाली समाज टेक्सस र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसिएससी) को संयुक्त आयोजनामा आइतबारदेखि बालबालिकाहरुका लागि आध्यात्मिक समर क्याम्प सुरु भएको छ । हिन्दु धर्म दर्शनका ज्ञाता डा. चिन्तमणी योगीद्वारा सञ्चालन हुने यो शिविरमा उद्घाटनको दिननै झण्डै डेढसय बालबालिका भर्ना भएका छन् ।
 
आउँदो जुलाई २४ सम्म सञ्चालन हुने कक्षामा आध्यात्म, संस्कार, सभ्यता, पूर्बीय संस्कृतिका बारेमा जानकारी गराउनुका साथै मुलजरो नेपालसँग बालबालिकालाई परिचित गराउने उद्वेश्य रहेको छ । हरेक दिन बिहान ९ बजेदेखि कक्षा सञ्चालन हुनेछ ।
 
आइतबार आयोजित उद्घाटन कार्यक्रममा प्रमुख प्रशिक्षक डा. योगीले बालबालिकाहरुलाई अमेरिकी शिक्षामात्र नभएर हाम्रो हिन्दु धर्मको संस्कार, सभ्यताका बारेमा जानकारी गराउन जरुरी रहेको उल्लेख गर्नुभयो । 
 
कार्यक्रममा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका अध्यक्ष सुरेशचन्द्र पोखरेल, नेपाली समाज टेक्ससका महासचिब भक्त भण्डारी, पूर्ब अध्यक्ष कृष्ण लामिछाने लगायतले धर्म, दर्शन, आध्यात्मले बालबालिकामा सकारात्मक प्रभाव पार्ने भएकोले त्यसको महत्वका बारेमा चर्चा गरेका थिए । 
 
अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई समर क्याम्पमा भर्ना गर्न यसपटक निकै उत्सुकता देखाएका छन् । विगतको वर्षको भन्दा पनि यसपटक निकै चासो छ । आध्यात्मिक समर क्याम्पमा भर्ना भएका बालबालिकाहरुले अनुशासन, मातापितालाई गर्नुपर्ने व्यबहार, देवीदेवताबा बारेमा जानकारी पाउने भएकाले उनीहरुमा परिवर्तन देखिने गरेको छ ।
 
ड्यालसमा सन् २००७ देखि डा. योगीले हरेक समरमा क्याम्प सञ्चालन गर्दै आउनुभएको छ ।