मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेकपा नेता ठाकुर गैरे टेक्ससमा

नेकपा नेता ठाकुर गैरे टेक्ससमा


ड्यालस (टेक्सस)-  गत जुलाई ५ देखि ७ सम्म अमेरिकाको बाल्टिमोरमा सम्पन्न नेपाली राष्ट्रिय सम्मेलनमा बिशेष अतिथिको रुपमा अमेरिका आउनुभएका नेकपाका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्व अध्यक्ष ठाकुर गैरे सम्मेलन सकेपछि यतिखेर अमेरिकाका अन्य राज्यहरुको भ्रमणको क्रममा हुनहुन्छ। 
 
भ्रमणको क्रममा न्यूयोर्क, बोस्टन, बाल्टिमोर, वासिङगटन डिसी, पेन्सिलभेनियाको भ्रमण सकेर गत बिहिवार  ड्यालास आउनुभएका नेता गैरेले प्रवासमा नेपालीहरुको नेपाल सरकार तथा नेपाल प्रतिको चाहना नजिकबाट बुझ्न र अमेरिकाको बिकाश नजिकवाट हेर्न यतिवेला नेपालमा पार्टीको तर्फबाट पनि गोषित जिम्मेवारी नभएको समयलाई सदुपयोग गरेको बताउनुभयो। 
 
ओएनयुएफ अमेरिका टेक्ससले शनिबार एक कार्यक्रमको आयोजना गरि ड्यालासमा उहाँको स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो। 
 
नेपालको राजनीति तथा सरकारको गतिविधिमा बिशेष गरेर सहभागी सवैले जन-अपेक्षा अनुरुप काम नगरेको गुनासो गरे पनि नेता गैरेले भने सोचे अनुरुप काम नभएको देखिएको भएपनि पहिले पहिलेका भन्दा यो सरकारले नया राजनैतिक संरचानाको धारणा अनुसारका समन्वय, बिधि बिधान बनाउन, नियम कानूनहरु, नीति निर्माण गर्न लागि रहेको र अव बिस्तारै देखिने खालको परिणाम आउनेमा आशावादी रहन सवैलाई आग्रह गर्नुभयो। 
 
ओएनयुएफले आन्तरिक रुपमा राखिएको उक्त कार्यक्रममा  मणिरत्न भण्डारीले सभापतित्व भएको कार्यक्रममा नारायण कँडेलले स्वागत तथा राजेन्द्र वाग्लेले कार्यक्रमको संचालन गर्नुभएको थियो। कार्यक्रममा भीम कार्की, जनक राणा, जीवन जोशी, विजयराज भट्टराई, यमुना भट्टराई, राजु सुबेदी, चन्द्रमणी पाण्डे लगायत झण्डै पाँच दर्जनको उपस्थिति रहेको थियो।
 
 
सोमबार उहाँ टेक्सासकै ह्युस्टनमा अन्तरिक्ष केन्द्र लगायतका केही महत्वपूर्ण स्थानहरुको भ्रमण गर्ने त्यसपछि केन्टकी, ओहायो, सिकागो, लस एञ्जलस, लसभेगास र सानफ्रान्सिस्को हुँदै जुलाई ३१ मा नेपाल फर्कने कार्यक्रम रहेको छ।