मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सस्ता पर्यटकले मुलुकको प्रगति हुँदैन–डा. वाग्ले (भिडियो सहित)

सस्ता पर्यटकले मुलुकको प्रगति हुँदैन–डा. वाग्ले (भिडियो सहित)


हिमालयखबर संबाददादा 
ड्यालस (टेक्सस) – राष्ट्रिय योजना अायोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले डायस्पोराले मातृभूमिको अार्थिक विकासमा धेरै तरिकाबाट सहयोग गर्न सक्ने प्रष्ट पार्नुभएको छ । 
 
बुधबार टेक्ससको युलेसमा नेप्लिज चेम्बर अफ कमर्ससँगको अन्तरकृयामा डा. वाग्लेले व्यापार, लगानी, शैक्षिक क्षेत्र, प्रविधि नेपालको ब्राण्ड विस्तारमा सहयोग गर्न सक्ने उल्लेख गर्नुभयो । 
 
नेपालको नाम र यसका विशेषताका बारेमा विदेशमा रहेका नेपालीहरूले प्रचार प्रसार गरेर लगानी, पयर्टन विस्तारमा ठूलो सहयोग गर्न सक्ने धारणा पनि उनले व्यक्त गर्नुभयो । नेपालमा अाउने पर्यटकको संख्या बढेपनि गुणात्मक र प्रति व्यक्ति खर्चका हिसाबले कमजोर रहेको चर्चा गर्दै वाग्लेले खर्च गर्नसक्ने पर्यटक बढाउन डायस्पोराले ठूलो मद्धत गर्नसक्ने बताउनुभयो ।
 
अहिले नेपाल अाउने पर्यटकले प्रतिदिन गर्ने खर्च ४४ डलरमात्र छ । अझै चिनिया पर्यटकले त विच्याट मार्फत उनीहरूले खर्च गरेको उतै लैजान्छन् भन्ने चर्चा पनि छ, उहाँले भन्नुभयो । सस्ता पर्यटकले मुलुकले अार्थिक विकास गर्न नसक्ने भएकाले त्यही अनुसार पूर्वाधार विकासमा जोड दिनुपर्ने धारणा उहाँको थियो ।
 
नेपाल राम्रो देश हो, घुम्न अाउनुस् भनेका भरमा कोही घुम्न अाउँदैनन् । प्रचार प्रसार र मार्केटिङ गर्न जरूरी छ, उहाँले भन्नुभयो ।
 
डा. वाग्लेको भनाइ सुन्न ड्यालस र वरिपरी बस्ने नेपालीहरूको उल्लेख्य रूपमा सहभागिता थियो । वाग्ले ज्ञान र अनुभवको हिसाबले निकै राम्रा अर्थ र योजनाविद्का रूपमा चिनिनुहुन्छ ।
 
जलविद्युत, सूचना प्रविधिबाट पनि नेपाललाइ अघि बढाउन सकिने धारणा उहाँको थियो । भुपरिवेष्ठित हुनुले पनि नेपालले ठूलो अार्थिक प्रगति हाँसिल गर्न नसकेको धारणा वाग्लेले राख्नुभयो ।
 
कार्यक्रममा चेम्बरका पदाधिकारीहरू, स्थानीय समुदायले सुझाव र जिज्ञासा राख्नुभएको थियो । युलेसको फिस्टेल रेस्टुँरामा अायोजित कार्यक्रममा सहभागीहरूले निकै शान्त र गंभीरताका साथ डा. वाग्लेको अनुभव र प्रस्तुतीलाइ सुनेका थिए ।