मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

महानगरको आग्रहपछि धुर्मस–सुन्तली फाउण्डेसनले क्रिकेट रंगशालाको काम थाल्ने

महानगरको आग्रहपछि धुर्मस–सुन्तली फाउण्डेसनले क्रिकेट रंगशालाको काम थाल्ने


चितवन । धुर्मस–सुन्तली फाउण्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम यथाशक्य छिटो अघि बढाउने जनाएको छ । 
 
फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मस’ले रंगशाला बनाउने योजनामा फाउण्डेसन विचलित नभएको बताए । फाउण्डेसनले रामपुरमा बन्द रहेको साइट कार्यालय खोल्ने र शिलान्यास अघि गर्नुपर्ने बाँकी कामहरु पूरा गर्ने जनाएको छ । 
 
डीपीआरको काम भइरहेको र आगामी भदौभित्र रंगशालाको शिलान्यास गर्ने तयारी भइरहेको धुर्मसले बताए । उनले अझै रंगशाला निर्माणका लागि उपयुक्त वातावरण बनाइदिन जिल्लावासीसँग आग्रह गरेका छन् । 
 
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण कुमार डल्लाकोटीले बुधबार भरतपुरमा पत्रकार सम्मेलनमार्फत धुर्मुस सुन्तली फाउन्डेसनलाई पूर्वयोजना अनुसार क्रिकेट रंगशाला निर्माण सुचारु गर्न आह्वान गरेका छन् । 
 
स्थानीयको एउटा समूहले निर्माणस्थलमा लगाएको बारमा डोजर लगाएपछि उत्पन्न विवाद साम्य भइसकेको छ । अहिलेसम्म गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको काम भने सुचारु हुन सकेको छैन । 
 
डोजर चलेको दुई दिनपछि धुर्मस–सुन्तली फाउण्डेसनले काम गर्ने वातावरण नभएको भन्दै साइड अफिस नै बन्द गरेर काम स्थगन गरेको थियो । 
 
रंगशालाको निर्माण स्थलमा सुरक्षाको वातावरणदेखि आर्थिक संकलनसम्मको अभियान तीव्र भएको हुनाले पुनः काममा फर्कन फाउन्डेसनलाई महानगर प्रमुख दाहालले आग्रह गरेकी छन् । 
 
समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटी र भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा जारी विज्ञप्तिमा रंगशाला निर्माण कार्य पूर्वयोजनाअनुसार नै सुरु गर्न धुर्मुस सुन्तली फाउण्डेसनलाई आव्हान गरिएको हो ।
 
विज्ञप्तिमा, निर्माण कार्यको निम्ति वातावरण सहज रहेको र आवश्यक सम्पूर्ण सहयोग गर्न स्थानीय सरोकारवाला निकाय, राजनीतिक दलहरु, जनप्रतिनिधिहरु, सरकारी निकायका प्रमुखहरु, निजी क्षेत्रका प्रमुखहरु, सामाजिक व्यक्तित्वहरु, पत्रकारहरु, सामाजिक अभियान्ताहरु, क्रियाशील व्यक्तित्वहरु र आम चितवन तथा देशभरका जनसमुदायहरुको उत्साहपूर्वक सहयोग गर्न तयार रहेको जनाइएको छ ।