मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विरोधका बीच प्रतिधिसभा बैठक सम्पन्न

विरोधका बीच प्रतिधिसभा बैठक सम्पन्न


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी ९राजपा० का सांसदको विरोधका बीच बसेको प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभाबाट चार विधेयक पारित भएको जानकारी दिइएको छ ।  
 
अपराह्न १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक डेढ घन्टापछि २ः३० बजे मात्र शुरु भएको थियो । सभामुख कृष्णबहादुर महराले बैठकको कारबाही शुरु गर्नेबित्तिकै दुवै दलका सांसदले उठेर विरोध जनाएका थिए । सभामुख महराले पटकपटक बस्न अनुरोध गरे पनि सांसद नबसेपछि बैठकको कारबाही शुरु भएको थियो । 
 
विरोधमा उत्रिएका सांसदले भने वेल घेराउ गर्दै ‘मानव अधिकारको रक्षा गर’ भन्नेजस्ता नारा लगाएका थिए । सर्लाही घटनाका विषयमा मङ्गलबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेपछि विरोध हुँदै आएको छ । 
 
विरोधका बीच भएको बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भई राष्ट्रियसभामा गएका ‘विनियोजन विधेयक, २०७६’, ‘आर्थिक विधेयक, २०७६’, ‘राष्ट्र ऋण उठाउने  विधेयक, २०७६’ र ‘ऋण तथा जमानत ९तेइसौँ संशोधन० विधेयक, २०७६’ राष्ट्रियसभाबाट पारित भएको जानकारी सचिव गोपालनाथ योगीले दिए । प्रतिनिधिसभाको अर्को बैठक यही असार ३० गते अपराह्न १  बजे बस्ने छ ।