मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नर्थ क्यारोलाइनामा २०६ औं भानु जयन्ती

नर्थ क्यारोलाइनामा २०६ औं भानु जयन्ती


नर्थ क्यारोलाइना (अमेरिका) – नेपाली साहित्य समाज, अन्तराष्ट्रिय नेपाली साहित्य समाज, नर्थ क्यारोलाइना च्याप्टर तथा नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाको संयुक्त आयोजनामा २०६ औं भानुजयन्ती सम्पन्न भएको छ । 
 
आदिकवि भानुभक्त आचार्यको तस्बिरमा फुलमाला अर्पण र पानसमा दियो बालेर सुरू भएको कार्यक्रमको संचालन संस्थाकी उपाध्यक्ष नम्रता गुरागाईंले गर्नुभएको थियो । उपस्थित सहभागीहरूलाइ संस्थाकी कोषाध्यक्षा सुजाता ढुङ्गेलले स्वागत गर्नुभएको थियो । 
 
कार्यक्रममा साहित्यकार हरिहर भट्टराइले नेपाली भाषाका लागि भानुभक्तको योगदानमाथि प्रकाश पार्दै शुद्घ नेपाली भाषा लेखनमा जोड दिनु भयो । दुइ चरणमा भएको उक्त कार्यक्रमको पहिलो शत्रमा ५ देखि १५ वर्ष उमेर समुहका भाइबहिनीहरुका बीच “दशैं” विषयक बकृत्वकला प्रतियोगिता भएको थियो । डा. नारायण राजभण्डारी, डा.ऋषि बस्ताकोटी र इश्वर देबकोटाको निर्णायक मण्डल रहेको उक्त प्रतियोगितामा ५ देखि ६ वर्ष सम्मको उमेर समुहबाट बिभुषा गौतम प्रथम, सुप्रिम तिमल्सिना दोस्रो र नेरिका प्रधान तेस्रो भएका थिए । 
 
७ देखि ८ वर्ष उमेर समुहबाट श्रेया ढकाल प्रथम, सुभम ढुंगेल दोस्रो र सौरभ नेपाल तेस्रो भएका थिए । ९ देखि ११ वर्ष उमेर समुहबाट निर्बिरोध तिमल्सिना प्रथम, सौर्यभी ढकाल दोस्रो र अन्बेषण अधिकारी तेस्रो भएका थिए । त्यस्तै १२ देखि १५ वर्ष उमेर समुहबाट सम्पदा आचार्य प्रथम, सुहानी ढुंगेल दोस्रो र सगुन आचार्य तेस्रो भएका थिए । 
 
कार्यक्रमको सभापतित्व नर्थ क्यारोलाइना नेपाली साहित्य समाज तथा अनेसास नर्थ क्यारोलाइना च्याप्टरका अध्यक्ष शिखर दुलालले गर्नु भएको थियो । अतिथिको आशनग्रहण संस्थाका सल्लाहकार डा. नारायण राजभण्डारी, डा.हरिहर भटटराइ र इश्वर देबकोटाले गर्नुभएको थियो । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाका महासचिब विक्रम गौतमले भानुभक्तिय भेषमा अतिथिको आसन ग्रहण गर्नुभएको थियो ।   
 
कार्यक्रमको दोस्रो चरणमा खुल्ला कविता वाचन राखिएको थियो । कविता वाचनमा निर्मला राजभण्डारी, सुजाता ढुङ्गेल, डा. नारायण राजभण्डारी, नन्दलाल सुबेदी, इश्वर देबकोटा, नम्रता गुरागाईं र शिखर दुलालले आ–आफनो कविता वाचन गर्नुभएको थियो। आजका भानुभक्त विक्रम गौतमले भानुभक्तको कविता कान्तीपुरी नगरी पाठ गर्नुभएको थियो । 
 
कार्यक्रमको अन्त्यमा सस्थाका अध्यक्ष शिखर दुलाल तथा अतिथीहरु सबैले विजयीहरुलाइ पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमका प्रायोजक नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना, डा. सोमनाथ चालिसे र समाजसवी रविन्द्र कार्कीले गरेका थिए ।