मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएनए अमेरिकामा नयां नेतृत्व

एनआरएनए अमेरिकामा नयां नेतृत्व


हिमालयखवर संवाददाता-
सिकागो (अमेरिका) । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए अमेरिका)को नयां कार्यसमितिले शनिवार देखि कार्यभार सम्हालेको छ ।
 
अमेरिकाको सिकागो शहरमा आयोजित कार्यक्रममा निर्वाचित अध्यक्ष सुनिल शाह  लगायत कार्यसमितिले कार्यभार लिएको हो ।
 
तर, नयां कार्यसमितिलाई पहिलो गांसमै ढुंगा भएको छ । सभामा नेपाली कांग्रेसका नेताहरुले मात्र मञ्च पाएकाले यो आलोचनाको विषय वनेको छ । सभामा मुख्य अतिथि नेपाली कांग्रेस उपसभापति विजय गच्छेदार थिए । तर, तरुण दलका अध्यक्ष, कांग्रेस सांसद संजय गौतम नेता गोविन्द भट्टराई लगायतले वोल्ने मञ्च पाएका थिए । यस वाहेक जनसम्पर्क समितिका विष्णु सुवेदी लगायतले पनि बोलेका थिए ।
 
यसरी उनीहरुले मञ्च पाउनुलाई धेरैले रुचाएनन ।
 
भरखरै निवर्तमान भएकी एनआरएनए अमेरिकाकी महिला संयोजक इन्दिरा त्रिपाठीले आफ्नो फेसबुकमै लेखेर यसको विरोध गरीन । उनले लेखेको एनआरएनए अमेरिकाको महायज्ञ सकियो  कतिले महंगा प्रसाद लिए । अवको एनआरएनए युएसए जनसम्पर्कको दोस्रो रुपम भने हुन्छ धन्यवाद पक्षपात गर्नु भएकोमा भन्ने स्टाटसमा धेरैले समर्थन जनाएका छन् ।
 
नेपाली कांग्रेसलाई नेपालमा प्रतिपक्षीको भुमिका खेल्न नसकेको आरोप लागेको छ । प्रतिपक्षीको भुमिका खेल्न नसकेका नेतालाई मञ्च दिदां एनआरएनएलाई लाभ हुन्छ कि हानी भन्ने प्रश्न स्वयं कांग्रेस समर्थकहरुले पनि उठाएका छन् ।
 
दुई तिहाई बहुमत भएको सत्तारुढ पार्टीका कोही उल्लेख गर्न मिल्ने नेता त्यहां थिएनन् । कार्यक्रममा कांग्रेस नेताहरुलाई कसले डाक्यो र किन कसको स्थार्थमा मञ्च दिईयो यो प्रश्न उठेको छ । एनआरएनए अमेरिकाको कार्यसमितिमा यसवारेमा कुनै छलफल भएको थिएन ।
 
सम्मेलनकै क्रममा कांग्रेसको छुट्टै वैठक पनि वसेको थियो । एनआरएनमा जनसम्पर्क समितिको निर्वाचनमा हरुवाहरुले हाली मुहाली गर्न खोजेको आरोपनि लागेको छ । जनसम्पर्क समितिका अध्यक्ष भेलामा सहभागी थिएनन् ।
 
जनसम्पर्क समितिको केही साता अघि डेनमार्कमा भएको भेला पनि विवादमा परेको थियो । त्यहां एक दर्जन भन्दा वढी केन्द्रिय स्तरका नेता पुगेका थिए । देश भित्र प्रतिपक्षीको भूमिका खेल्न असफल नेता विदेशमा पुगेर भाषण दिएकोमा सामाजिक संजालमा विरोध भएको थियो ।
 
एनआरएनएको काठमाडौमा आगामी अक्टोबर दोस्रो साता हुन लागेको साधारण सभामा जाने डेलिगेटका वारेमा पनि अहिले देखिनै विवाद शुरु भएको छ ।
 
आईसीसीका तर्फवाट एक जना पदाधिकारी डेलिगेट कमिटीमा राख्न क्षेत्रिय संयोजक गौरी जोशीले आग्रह गरेका थिए । तर, राखिएन् । यहांवाट जाने डेलिगेटमा क्षेत्रीय संयोजकले हस्ताक्षर गर्नु पर्छ ।
 
यस अघि काठमाडौ जाने डेलिगेटका वारेमा व्यापक विरोध र असन्तुष्ठि देखिएको थियो । एनआरएन अमेरिकाले डेलिगेटसंग ५० अमेरिकी डलर वढी लिएको थियो । तर, काठमाडौमै वनेका अमेरिकावाट जाने डेलिगेटले भने यो पैसा तिर्नु परेको थिएन । वढी लिएको ५० डलर एनआरएनए अमेरिकाले फिर्ता गरेन ।
 
यस अघि जाने डेलिगेट मध्ये कयौंले आफ्नो वेइज्जत भएको वताउंदै यसपटक नजाने वताएका छन् । त्यसपटक एनआरएनए अमेरिकाका केही पदाधिकारीले म संग यती डेलिगेट छन् भन्दै उम्मेदवारसंग पैसा मागेको आरोप पनि लागेको थियो ।
 
एनआरएनए अमेरिकामा करिव ९ हजार सदश्य छन् । २ बर्षमा १५ हजार वाट सदश्य घटेर ९ हजारमा सिमित भएको हो ।