मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिका महिला विश्वकप सकरको पुन विश्व विजेता वन्यो

अमेरिका महिला विश्वकप सकरको पुन विश्व विजेता वन्यो


हिमालयखवर संवाददाता-
अमेरिका। अमेरिकाले  विश्व महिला सकर (फुटवल)मा दवदवा राख्दै फेरी विश्व विजेता भएको छ ।
 
युरोपको फ्रान्समा आयोजित महिला फुटवल विश्वकपको आइतवार भएको फाइनल खेलमा अमेरिकाले निदरल्याण्डलाई २ शुन्य गोल अन्तरले हराउंदै पुन महिला फुटबल विश्व कप विजेता भएको हो ।
 
अमेरिका महिला खेलाडीले यो सहित चार पटक फुटबलको विश्वकप जितेका छन् ।
 
फ्रान्सको लियोनमा भएको उक्त खेलमा अमेरिकाले ६१ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै अग्रता लिएको थियो । र अर्को गोल ६९ औं मिनेटमा भएको थियो ।
 
पुरुष फुटवलका लागि चर्चित युरोपेली देश निदरल्याण्डका खेलाडीले भने एक गोल पनि गर्न सकेनन् । आयोजक फ्रान्स र वेलायतलाई हराउंदै अमेरिकाले फाइनलको यात्रा तय गरेको थियो ।
 
आफ्नो उपाधी पुन रक्षा गरेका अमेरिकाका खेलाडीहरुले भने यस पटक आयोजक फिफाको मजाले आलोचना गरेका थिए । विश्व फुटबलको मुख्य संस्था फिफाले महिला खेलाडीलाई महत्व नदिएको भेदभाव गरेको अमेरिकाका टिम क्यान्टेनले आरोप लगाएकी थिईन ।
 
अमेरिका भित्र पनि महिला सकर खेडालीलाई पुरुष सरह व्यवहार हुनुपर्ने बसह शुरु भएको छ । अमेरिकामा एथेलेटिकमा पनि महिला खेलाडीको दवदवा छ । तर, महिला खेलाडीलाई पुरुष सरह समान व्यवहार नभएको अबाज उठिरहेको छ ।
 
विश्व कप विजेता वने लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पुर्व राष्ट्रपति बाराक ओबामाले महिला वधाई दिएका थिए । तस्बिर: सामाजिक संजाल