मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बालिकाको मृत्यु भएपछि अस्पतालमा तनाव

बालिकाको मृत्यु भएपछि अस्पतालमा तनाव


डोटीको दिपायल राजपुरमा रहेको सुजङ अस्पतालमा आज साँझ ६ महिने बालिकाको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ । 
 
इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कमलापति पन्तले दिएको जानकारीअनुसार जिल्लाको शिखर नगरपालिका–१ कपल्लेकी टीका ऐरको छ महिने छोरी राधिकाको मृत्यु भएको हो । 
 
केही दिनअघि घरमा निमोनिया ज्वरोले थला परिकी निज बालिकालाई उपचारका लागि आज उक्त अस्पतालमा ल्याइएको थियो । अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आफन्तले अस्पतालमा नाराबाजी गरिरहेको प्रहरीले जनाएको छ ।
 
सुजङ अस्पतालका स्वास्थ्यकर्मी अर्जुन बलायरले आफ्नोतर्फबाट उपचारका क्रममा कुनै लापरबाही नभएको दाबी गरेका छन् । उनले भने, “निज बालिकालाई १०४ डिग्री निमोनिया ज्वरोले सताएको थियो, हामीले यहाँ उपचार सम्भव छैन भनेर बाहिर लैजान आग्रह गरेका थियौँ तर परिवारले लगेनन्, अहिले ज्यान गएपछि दोष हामीलाई दिन थालेका छन् ।”
 
अस्पतालमा मृतकका आफन्तले नाराबाजी गर्न थालेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारणले बालिकाको ज्यान गएको भन्दै क्षतिपूर्तिसहितको माग गरेको बताइएको छ । तस्बिर : फाइल