मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान कार्यान्वयन र संघीयता स्थापित गर्न सरकार सफल : मन्त्री ज्ञवाली

संविधान कार्यान्वयन र संघीयता स्थापित गर्न सरकार सफल : मन्त्री ज्ञवाली


बुटवल । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार गठन भएको पहिलो वर्षमा ‘समृद्धिको आधार’ तयार गर्न सफल भएको दाबी गरेका छन् । उनले पहिलो वर्षमा संविधानको पूर्ण कार्यान्वयन र संघीयतालाई स्थापित गर्न सफल भएको बताए ।
 
उनले भने, “संविधानअनुसार जनताका मौलिक हक स्थापित गने गरी एक वर्षमा कानून निर्माण ग¥यौँ र मुलुकमा सबै तहका सरकार सक्रिय ढङ्गले चलेका छन् संघीयताले खुट्टा टेकेर अघि बढ्ने भएको छ ।”
 
नेकपा बुटवल उपमहानगर कमिटीले आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा मन्त्री ज्ञवालीले वर्तमान सरकारको मुख्य ‘मिसन’ मुलुकको समृद्धि भएको बताउँदै अहिलेसम्म भएका सबैखाले आन्दोलनबाट प्राप्त अधिकारको जगमा उभिएर आर्थिक समृद्धिमा देश अघि बढेको दाबी गरे । 
 
उनले भने, “लोकतान्त्रिक आन्दोलनको मुख्य कम्युनिष्ट पार्टीलाई अब देश समृद्ध बनाउने आन्दोलनमा समेत ‘च्याम्पियन’ बनाउँछौँ ।”
 
उनले सरकार अवसर र जिम्मेवारी रहेको र जनताका अपेक्षा अपार रहेको बताउँदै वर्तमान सरकारलाई जनताको अपार समर्थन प्राप्त भएजस्तै सरकारले पनि जनताका अपेक्षा पूरा गर्ने प्रतिबद्ध व्यक्त गरे । 
 
वर्तमान सरकारले देशको विकास र समृद्धिको बहसलाई अघि बढाएको बताउँदै उनले सरकारमा रहेका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्ने संकल्प गरे । उनले भने, “वर्तमान नेतृत्वलाई असफल हुने कुनै छूट छैन, यो सिंगो नेकपाका कार्यकर्ता र आममतदातासँग जोडिएको छ ।”
 
मन्त्री ज्ञवालीले सरकारको काम गर्ने रफ्तारमा कर्मचारी संयन्त्रको ढिलासुस्ती समस्याको रुपमा रहेको बताउँदै कार्यान्वयन गर्ने संयन्त्रमा रहेको समस्याले अपेक्षाकृत उपलब्धि प्राप्त हुन नसकेको स्वीकार गरे । उनले सरकार सही बाटोबाट अघि बढिरहेको बताउँदै वर्तमान सरकार र नेकपाको नेतृत्वले एतिहासिक अभिभारा पूरा गरेरै छाड्नेसमेत दाबी गरे । 
 
पार्टीभित्र चलेको वैचारिक विषयमा उनले विचारका विषयमा अहिले बहस जति नै भए पनि बहुदलीय प्रतिष्पर्धाभित्र जनताको जनवादको बाटोबाट अघि बढ्ने विषयमा कुनै द्विविधा नरहेको र यसको नामाकरण भने महाधिवेशनले मात्रै टुङ्गो लगाउने बताए ।