मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्यालिफोर्नियामा फेरि भूकम्प

क्यालिफोर्नियामा फेरि भूकम्प


लसएन्ज्लस (अमेरिका) । अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा शुक्रबार साँझ अर्को शक्तिशाली भुकम्प गएको छ । ७ दशमलव १ रेक्टरस्केलको यो भुकम्प अमेरिकाको स्वतन्त्रता दिवसको एक दिन पछि गएको हो । 
 
लसएन्जलस भन्दा केही टाढाको रिजक्रिस्टको सेरोफेरोलाई केन्द्रविन्दू बनाएर गएको भुकम्पबाट कुनै पनि मानवीय क्षती भने भएको छैन । तर विद्युत आपूर्ति भने बन्द भएको छ । मरुभूमीबीचमा यो शहरमा तीनहजार मानिसहरु बसोबास गर्छन् । 
 
दुई दिन अघि पनि ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । प्रशान्त महासागरसँग जोडिएको क्यालिफोर्निया भुकम्प धेरै गइरहने राज्यमा पर्छ । तर भवनको बनौटका कारणले गर्दा मानवीय क्षती भने ठूलो रुपमा हुने गरेको छैन ।
 
नेपालमा पनि शनिबार भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टरस्केलको भुकम्प गएको छ । चार वर्षअघि गोरखालाई केन्द्र बनाएर गएको भुकम्पकै परकम्पका रुपमा यसलाई भुगर्भबिद्हरुले लिएका छन् । तस्बिर: सामाजिक संजाल