मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

देश विकासका लागि संसारभरका नेपालीको भावना समेट्नुपर्छ : मुख्यमन्त्री राई

देश विकासका लागि संसारभरका नेपालीको भावना समेट्नुपर्छ : मुख्यमन्त्री राई


बाल्टिमोर (अमेरिका) । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले देश विकासका लागि संसारभर छरिएर रहेका नेपालीको भावनालाई समेटेर अगाडि बढ्नुपर्ने बताएका छन् । 
 
मुख्यमन्त्री राईले नेपालको तीव्र विकासका लागि संसारभर रहेका नेपाली एक भएर अगाडि बढ्नसमेत आह्वान गरेका छन् । 
 
अमेरिकाको बाल्टिमोरमा सुरु भएको नेपाली राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै मुख्यमन्त्री राईले देशको विकास र जनताको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपाली एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिएको उनका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । 
 
“नेपालमा लगानी गर्ने वातावरण बन्दै गइरहेको छ, हामी नेपालमा लगानी आकर्षित गराउन चाहन्छौँ”, मुख्यमन्त्री राईले भने । नेपाली मन र भावनालाई नेपाल राष्ट्र निर्माणको महान अभियानमा जोड्न आफूहरु लागिरहेको मुख्यमन्त्री राईले बताए । 
 
“नेपाल विकास र समृद्धिको महाअभियानमा अगाडि बढिसकेको छ”, मुख्यमन्त्री राईले थपे, “यो अभियानमा तपाईंहरुको पनि योगदान आवश्यक छ ।” 
 
विगतमा नेपाल विभिन्न कारणले पछि परेको भए पनि यतिबेला नेपाल तीव्र गतिमा अगाडि बढिरहेको मुख्यमन्त्री राईले बताए । देशमा पहिलोपटक स्थिर र बलियो सरकार बनेको भन्दै मुख्यमन्त्री राईले नेपाल स्पष्ट गन्तव्यसहित समृद्धिको यात्रामा प्रवेश गरेको उल्लेख गरे ।