मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

हराएका बालक कारभित्र मृत फेला

हराएका बालक कारभित्र मृत फेला


डेन्टन (टेक्सस)- मंगलबार दिउँसोबाट टेक्ससको उत्तरी शहर डेन्टनबाट हराइरहेका नेपालीमुलका दुइ वर्षिय बालक सर्वेश गुरूङ बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
 
प्रहरीले बुधबार बिहान पत्रकार सम्मेलन गर्दै गुरूङ बस्दै अएको अपार्टमेन्ट कम्प्लेक्स पछाडी गाडीमा मृत अवस्थामा फेला परेको जनाएको छ । उनको कसरी मृत्यु भयो भन्ने बारेमा प्रहरीले केही बताएका छैनन् । 
 
मृतक बालकका पिता डेन्टनमा रहेको युनिभर्सिटी अफ नर्थ टेक्सस (युएनटी) मा पिएचडी अध्ययन गरिरहेका छन् । उनीहरू चार वर्ष अघि नेपालबाट अाएका हुन् । 
 
मंगलबार दिउँसो सुतिरहेको ठाउँबाट बालक हराएको उजुरी उनको माताले प्रहरीलाइ गरेकी थिइन् । मंगलबार दिनभरि खोजीनीति गर्दा पनि फेला नपरेका बालक बुधबार बिहान कार भित्र मृत अवस्थामा फेला परेका हुन् ।