मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा नेपालीहरुको राष्ट्रिय सम्मेलनको तयारी पूरा

अमेरिकामा नेपालीहरुको राष्ट्रिय सम्मेलनको तयारी पूरा


हिमालयखबर संबाददादा-
बाल्टिमोर (अमेरिका)। अमेरिकामा संघ संस्थाको इतिहासमा जुलाई महिनालाई एएनए महिना पनि भन्ने गरिन्छ। सन १९८३ को स्थापनाकाल देखि नै जुलाई ४ को सप्ताहन्त एएनएले बिबिध कार्यक्रम तथा सम्मेलन आयोजना गर्दै आइरहेको छ। गत बर्षबाट अमेरिकामा रहेका ठूला ठूला संस्थाहरुको आयोजनामा शुरु गरिएको नेपाली नेशनल कन्भेन्सन यस बर्षबाट सोही मितिमा गरिने भएको छ। 
 
यस कार्यक्रमको आयोजकहरुमा  असोसिएसन अफ नेप्लिज इन अमेरिका  (ए.एन.ए.), Association of Nepalese in Midwest America (ANMA), International Nepali Literary Society (INLS) र Baltimore Association of Nepalese in America) रहेका छन भने सम्मेलन जुलाई ५ – जुलाई ७ सम्म बाल्टिमोर, मेरिल्याण्डको रेड लायन होटेलमा हुनेछ। 
 
यस नेपाली राष्ट्रिय सम्मेलनका 'कन्भेन्सन सेक्रेटरी' विजयराज भट्टराइले दिनुभएको जानकारी अनुसार कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाल सरकारका तर्फबाट प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राई अमेरिका आइपुगनु भयो भने नेकपा का तर्फवाट केन्द्रीय कमिटि सदस्य तथा अनेरास्ववियु का पूर्व अध्यक्ष ठाकुर गैरे हिजै अमेरिका आइसक्नु भएको छ।  
 
त्यसगरी नेपाली कांग्रेसका तर्फबाट पूर्व मन्त्री दीपक गिरी भोली अमेरिकाको डिसीमा ओर्लदै हुनुहुन्छ भने रप्रापाको तफबाट सह महामन्त्री प्रेम श्रेष्ठ सहभागी हुनुहुनेछ। नेपाल डेभलपमेण्ट फोरमको निमित्त नेपाल सरकारका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णिम वाग्ले जुलाई ५ मा आइपुग्नुहुनेछ। 
 
सम्मेलनमा बच्चा देखि बृद्ध सम्म, महिला पुरुष, साहित्य संस्कृति, बिद्यार्थी- ब्यापारी, कानूनी सल्लाह, रक्तदान तथा स्वास्थ, बिज्ञान र प्रबिधि लगायतका धेरै फोरमहरु रखिएको छ. सम्बन्धी जानकारी गराइने निकै कार्यक्रमहरु राखिएको छ। साथै सम्मेलनको टाइटल स्पोन्सर जेन ट्राभल्सले नेपाल जाने आउने फ्री टिकट फ्री रफलको रुपमा पनि राखेको जानाकारी आयोजकले बताए। सम्मेलन सम्बन्धी थप जानकारी तथा रजिस्ट्रेसन सम्बन्धी जानकारी https://nepalinationalconvention.org बाट प्राप्त गर्न सकिनेछ।