मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पौडी खेल्ने क्रममा डुबेर तीनको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर तीनको मृत्यु


लम्की । पौडी खेल्ने क्रममा आज डुबेर तीनको मृत्यु भएको छ । कैलालीको लम्की–चुहा नगरपालिका–५ स्थित रोरा नदीमा डुबेर वडा नं २ का अमर उपाध्यायका १५ वर्षीय छोरा मिलन उपाध्यायको मृत्यु भएको छ । आज दिउँसो १ बजे नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
 
शनिबारै लम्की–चुहा नगरपालिका–३ चिसापानीमा रानी–जमरा– कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–१० का अन्दाजी २३/२४ वर्षका करण बुढाथोकी र कृष्ण ओली रहेको प्रहरीले जनाएको छ ।
 
उनीहरु कोहलपुरबाट चिसापानी घुम्न आएको समयमा नहरमा नुहाउन लाग्दा डुबेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र केसीले जानकारी दिए ।
 
डुबेका उनीहरुको शव प्रहरी र स्थानीयवासीको सहयोगमा नहरबाट निकालिएको र अहिले परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
 
यसैबीच, माछा मार्ने क्रममा खोलामा डुबेर गुल्मीमा एक युवकको आज मृत्यु भएको छ । गुल्मी इस्मागाउँपालिका–६ अन्तर्गत अमरपुरका ३५ वर्षीय होमबहादुर कुमालको आज अपराह्न रेसुङ्गानगरपालिका–३ अन्तर्गत छल्दीखोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खड्काले बताए ।
 
बिहान माछा मार्नका लागि एक्लै घरबाट जाल बोकेर निस्किएका उनी माछा मार्ने क्रममा ढुङ्गाबाट चिप्लिँदा धमिलो पानीको रहमा डुब्दा घटनास्थलमै ज्यान गएको हो ।