मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

लागूऔषध दुव्यर्सन समृद्ध नेपालको बाधक : गृहमन्त्री थापा

लागूऔषध दुव्यर्सन समृद्ध नेपालको बाधक : गृहमन्त्री थापा


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले लागूऔषध दुव्यर्सनी ‘समृद्ध नेपाल, सुखी नेपाली’को बाधक बन्न पुगेको बताएका छन् । 
 
समृद्ध राष्ट्र निर्माणका लागि लागुऔषधरहित स्वस्थ्य जीवन भन्ने मूल नाराका साथ गृहमन्त्रालयले बुधबार आयोजित ‘लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’का अवसरमा उनले स्वस्थ, सभ्य र अपराधमुक्त समाज निर्माणका लागि लागूऔषध दुव्यर्सनलाई रोक्नुपर्ने बताए । 
 
“शान्ति सुरक्षा र अपराधको चुनौतीको रूपमा लागूऔषध रहेको छ, यसलाई नियन्त्रण गर्न सरकारी र गैरसरकारी संस्थाको उत्तिकै दायित्व छ’, उनले भने । लागूऔषध दुव्यर्सनी रोकथामका लागि तीनै तहको सरकारले नीति बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । 
 
गृहमन्त्री थापाले लागूऔषध दुव्यर्सनी हुन नदिन र प्रयोगकर्तालाई उपयुक्त उपचारको वातावरण मिलाउन गृहमन्त्रालयले सबै पक्षसँग छलफल गरिरहेको उल्लेख गरे । लागुऔषध समस्याको समाधानका लागि लागुऔषध नीति, ऐन कार्यान्वयनका लागि नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत काम गरिरहेको उनको भनाइ थियो । लागुऔषध दुव्यर्सनीमा युवापुस्ता बढी लागेको भन्दै शैक्षिक संस्थामा जागरुकता बढाउन मन्त्रालयले काम गरिरहेको उल्लेख गरे । 
 
गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले नेपालमा लागूऔषध दुव्र्यसनीको संख्या बर्सेनि बढ्दै गएको बताउँदै लागूऔषध दुव्यर्सनीलाई नियन्त्रण गर्न सप्ताहव्यापी अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
‘पछिल्ला सर्वेक्षणले नेपालमा बर्सेनि ११.३६ प्रतिशतले लागूऔषध प्रयोगकर्ताको संख्या वृद्धि हुनुका साथै कूल अपराधमा सात प्रतिशत लागूऔषधसँग सम्बन्धित रहेको छ, यसलाई रोकथाम गर्नु हामी सबैको दायित्व हो’, उनले भने । हाल नेपालका डेढ लाख युवा लागूऔषधको कुलतमा फसेको भन्दै यसलाई नियन्त्रण गर्न अभियानले सहयोग पुग्ने उनको भनाइ छ ।