मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

अस्पतालमा आफन्तको शंकास्पद मृत्यु भएपछि न्याय माग्दै प्रदर्शन

अस्पतालमा आफन्तको शंकास्पद मृत्यु भएपछि न्याय माग्दै प्रदर्शन


साँखु । काठमाडौँको बौद्धस्थित समता अस्पतालमा कार्यरत कर्मचारीको मृत्युपछि न्यायको माग गर्दै आफन्तले आज प्रदर्शन गरेका छन् । अस्पतालमा सरसफाइको काम गर्ने कर्मचारी बिमला तामाङको शङ्कास्पद मृत्यु भएको भन्दै आफन्तले महानगरीय प्रहरी वृत्त गौशाला अगाडि प्रदर्शन गरेका हुन् । 
 
रामेछापको दोरम्बा स्थायी घर भएकी तामाङ यही असार ३ गते अस्पताल परिसरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । तामाङको गोजीमा तीर्थ र सङ्गीताको नाम लेखिएको कागज भेटिएको थियो । त्यसैलाई आधार बनाएर प्रहरीले उनीहरुलाई सोधपुछका लागि हिरातमा लिएको थियो ।
 
सोही विषयमा अनुसन्धानका लागि भन्दै सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी, कर्मचारी तीर्थकुमारी श्रेष्ठ र सङ्गीता केसीलाई प्रहरीले हिरासतमा लिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । 
 
प्रदर्शनकारी र अस्पताल प्रशासनबीच वार्ता गराउने पहल भइरहेको गौशाला प्रहरीले जानकारी दिएको छ ।