मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

मेरी प्रेमिका

मेरी प्रेमिका


"सपना" मेरी प्रेमिकाको नाम । तर मैले कहिले पनि नामले बोलाईन । कहिले बेबी, कहिले लुखुट्टी, कहिले मुसी त कहिले लुरी भन्दै बोलाउँथे । देख्नमा एकदमै राम्री थिइन । मिलेको गोलो अनुहार, पिपलपाते ओठ, मृगनयनी आँखा, नाक अलिकति लामो थियो । उनलाई एकदमै सुहाउँथ्यो। अनि बाटुलो कम्मर, ठिक्कको हाईट। लामो कालो सिल्की कपाल, जो कोहिलाई पनि उनको सुन्दरताले लोभ्याउँथ्यो। सोचाई मोडर्न भएपनि उनलाई नेपालीहरूले धेरैजसो लगाईरहने कुर्था सुरुवाल र सारी एकदमै मन पर्थ्यो ।
 
संस्कारी पनि थिईन । जस्ले गर्दा मेरो आमाबुबालाई पनि हुनेवाला बुहारी एकदमै मन पर्थिन । हामी धेरैजसो सँगै हुन्थेउँ । उन्ले चर्को स्वरमा बोलेको खासै याद छैन । हामी एउटै उमेरका भएनि उनले मलाई हजुर नै भनेर बोलाउने गर्थिन । पहिले त म पनि तपाई नै भन्थे तर एकदिन "म त हजुरकी हुनेवालि बुढी पो हु हजुर ले तँ भनेकै राम्रो लाग्छ" भने  पछि तँ भनेरै बोलाउन थालेँ ।
 
म एकदमै जिस्किने स्वभाबको मान्छे । तैपनि उनलाई हर्ट नहोस भनेर सधै केयर गरेर बोल्थे। उनलाई तीज र दशैं अतिनै मन पर्ने चाड । "तिजको दिन त जहिले नि सङ्गै हुनु पर्छ है । अनि एकदिन अगाडि देखि नै खुट्टा धोएर बस्नु मलाई फोहोर पानी खानु छैन" भन्दै  जिस्क्याउँथिन् । यसरी हाँसीखुशी चलिरहेको थियो हाम्रो जिन्दगी । लाग्थ्यो मैले त भाग्यमा लेखेरै ल्याको रहेछु यस्तो माया गर्ने प्रेमिका भेटेको छु । तर खुशी धेरै टिक्दैन भन्छन अहिले नि त्यो रात सम्झीदा झसङ्ग हुन्छु जिउँ नै तरङ्गीत हुन्छ।
 
एक दिन बिहानै कल गरेर "आज दिउसो भेट्नु पर्छ" रुन्चे स्वरमा भनिन । के भयो सन्चो छैन भन्दा "हजुरको एकदमै याद आइरहेको छ, अनि डर नि लागिरहेको छ" उनले रूँदै भनिन । धत लाटी याद आयो भन्दैमा रुने होत तिम्रो धड्कन सुन म त्या बसिरहेको छु । यस्तै अलिक गफ पछि दिउँसो ३ बजे भेट्ने योजना बनाउँदै फोन राखे।
 
मनमा बिभिन्न सकारात्मक र नकारात्मक कुरा खेलाउदै ३ बजे भनेकै ठाउ मा भेट्न गए । सेतो सारि सेतै चोलो लगाएर स्वर्ग कि परि झै भएर मलाई पर्खिरहेकी थिइन्। "कस्ती राम्री भगवानले महिनौ मिहिनेत गरेर बनाएको होला" मनमनै सोच्दै नजिक गए। मेरो लुरी लाई के भयो भन्दै बोलाएँ । तर उनी खासै खुसी मुडमा थिइनन्। लाग्थ्यो कुनै ठुलै बाध्यताले उनलाई च्यापिरहेको छ।
 
खाजा खान्छौ भन्दा टाउको हल्लाउदै नाईको इसारा गरिन । एकछिन दुबै चुपचाप बसे पछि जाउँ हाम्रो घर तिर मम्मीले नि भेट्छु भन्दै हुनुहुन्छ । तिमी पनि नि फ्रेस हुन्छौ भन्दै हामी घर तिर लाग्याै । उनी आज मैले बुझेकि मेरी प्रेमिका थिइनन । उनि एकदमै निरास अनि पीरमा थिईन । के भयो भनेर सोध्दा पनि बोल्न चाहिनन र मैले पनि धेरै फोर्स गर्न सकिन । मलाई देख्ने बित्तिकै खुशी हुने मान्छे आज किन यस्तो, के भयो होला, मैले के गरे कि! यस्ता बिभिन्न कुराहरु मनमा खेलाउदै उनको घर पुगे ।
 
मम्मीले ढोका खोल्दै भन्नु भो "आज त बुहारी धेरै दिन पछि बाटो देखेउ नि" तर उनी बोल्ने मुडमा थिईनन ।
 
"मम्मि ढोग गरेँ, म एकछिन रेस्ट गर्छु नि" भन्दै मेरो कोठातिर लागिन । तैले के गरिस, के भयो नानीलाई सँधै हास्ने मान्छे आज के भाको म तिर हेर्दै मम्मिले सोध्नु भयो ।
 
खै सन्चो नभएर होला म पनि कोठा तिर लागे । मेरो पनि घाँटी बन्द भएको थियो, मनमा पिर लागिरहेको थियो । बोल्न सक्ने खासै अबस्था मेरो पनि थिएन । कोठामा छिरे लाईट खोले आँखा भरि आशु राखेर जुत्ता पर्स पनि नखोलि पल्टिरहेकि थिइन । जुत्ता खोलिदिए पर्स निकालिदिए अनि मन्द पङ्खा चलाइदिएँ मैले। ब्ल्याङ्केट ओडाउदै निधारमा किस गरेँ मैले । नजिकैको कुर्सिमा गएर बसे र मेरी लुरीलाई हेरिरहे। एकछिन पछि निदाइन घरि गएर टाउको सुम्सुम्याउथे घरि लामो समय सम्म उनिलाई नै एकोहोरो हेरिरहन्थे। यसरि उनलाई हेर्दा हेर्दै घन्टौ बितेको थाहै भएन । ममीले तल खाना बनाईसक्नु भयो ।  
 
"नानी, हेर तिमिलाई मन पर्ने सेलरोटी र हरियो तरकारी बनाएको छु । उ महि पनि छ पल्लाघरे दिदिले दिनुभएको, तिम्लाई तरकारी यस्मा राख्दिम"? प्लेट देखाउदै सोध्नुभयो ।
 
"नाई पर्दैन म उहाकै प्लेट बाट खान्छु" सेलरोटी तोडेर सानो टुक्रा समाईन ।
 
"ममी हजुर पनि खानुन" मैले भने ।"तेरो बाबा लाई आज अलि ढिलो हुन्छ रे म पर्खिन्छु तिमीहरु खाउ"। दुई गाँस खाइसकेपछि मलाई पुग्यो सपनाले भनिन्।
 
"अरे के भयो किन मिठो छैन, बोल्दा पनि बोलेनौ, खाना पनि खाइनौ के भयो नानी ?"
 
"उ त्यो महि त खाउ मिठो छ" मेरो जुठो गिलास बाट एक घुट्की लिदै  ।
 
"मलाई पुग्यो अब म जान्छु ममि, पछि कुनै दिन आउँला नि ।
 
"यतै बस  भोली बिहानै बाबुले छोड्दिन्छ"।
 
"नाई ममी" उनि उठिन ।
 
"ल जा नानिलाई छोड्दे" मम्मीले भन्नुभयो। उनी गएर गाडीमा बसिन । म पनि गाडिमा गए । मलाई अङ्गालो मारेर रुनथालिन म पनि रोए । अलि लामो समय सम्म दुइजनै रोईरह्याै । एकछिन पछि "म जान्छु ल" रुदै भनिन ।
 
"म छोड्दिन्छुनि यो राति का एक्लै जान्छौ" ।
 
"हैन मैले ट्याक्सि बोलाइसकेकि छु तिमि जाउ सुत्न" ढोका खोल्दै भनिन ।म पनि बाहिर निस्किए फेरि अङ्गालो मार्दै "love you take care" भन्दै निस्किइन । म केहि सोच्न सक्ने अबस्था मा थिएन एकोहोरो हेरिमात्र रहे । अलि अगाडि गएर नदेखिने भइन् । म भित्र गए ।
 
एक्कासि त्यो दिनबाट मेरि प्रेमिका हराईन । खोज्ने धेरै प्रयास गरे कतै भेटिन । कता गइन्, कहाँ गइन् केही पत्तो भएन ।
 
मेरो जिन्दगीको नौलो अध्याय सुरु भयो जस्तो लाग्यो । यति माया गर्ने मान्छेले यसरि छोडेर गए पछि 'माया र बिश्वास' भन्ने शब्द 'शब्दमा' मात्र सिमित रहे ।
 
लगभग छ महिना पछि रातको ११ बजे तिर मेरी प्रेमिकाको फोन आयो त्यही रुन्चे स्वर "मलाई भेट्न आउनुन" । म अक्क न बक्क भए सपना होकि जस्तो लाग्यो "कता" भनेर सोधे "म फोन मा बाटो बताउदै गर्छु हजुर आउनु" ।
 
लामो समय फोन मा कुरा गर्दै गयौ । करिब एक घन्टा हिडेपछि मैले मेरि प्रेमिका लाई त्यही सेतो ड्रेसमा देखे । अनि झसङ्ग भएर यताउता हेर्दा खै कुनै नचिनेको घनघोर जङ्गलमा पुगिसकेको रहेछु । कालो बादल हावाहुरी अनि पानी पर्ला जस्तो मौसम सङ्गसङ्गै जङ्गली जनावर को आवाज् । एकदमै डर लग्यो। अगाडी बढ्न खोजे तर सकिरहेको थिएन ।
 
नभन्दै हुरीसङ्गै पानी पर्न थाल्यो । मनमा डर झन बढ्न थाल्यो । हामीबीच लगभग एकसय मिटरको दूरी थियो । उनी अगाडि बढिरहेकि थिईन, न म अगाडि बढ्न सकिरहेको थिए । दगुर्न चाहन्थे उनलाई भेटेर अङ्गालोमा बाध्न चाहन्थे । अनि धेरै प्रष्न पनि सोध्नु पर्ने थियो । तर उता मेरी प्रेमिकालाई दिनौ सम्म भोकाएर बसेका जङली जनावर हरुले घेरिरहेका छन । म मेरी प्रेमिका लाई बचाउन चाहन्छु । त्यहाँ भएका जनाबर हरुलाई लखेटेर म सपनालाई घर लैजान चाहन्छु, अब म बाट कहिले नि टाढा नहुने गरि सङ्गै राख्न चाहन्छु ।
 
। म छटपटाउन थाले मन मा बिभिन्न कुरा खेल्न थाले सहयोग को लागि चिच्याउन थाले तर त्यो घनघोर जङगलमा त्यस्तो हुरी र पानी परेको समयमा मेरो आवाज कसैले सुनिरहेका थिएनन । सुनिरहेका थिए त केवल वृक्षहरू र जङ्गली जनावरले मात्र । तर तिनीहरूले मलाइ सहयोग गर्न चाहदैनथे । भगवानसँग पनि सहयोगको लागि प्रार्थना गरिरहेको थिए।
 
तर म उठ्न सम्म सकिरहेको थिइन । म छटपटाईरहे… म छटपटाईरहे……