मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आइतवार देखि गैरकानुनी आप्रावासीलाई फिर्ता पठाउन घरपकड गरिने

आइतवार देखि गैरकानुनी आप्रावासीलाई फिर्ता पठाउन घरपकड गरिने


हिमालयखवर संवाददाता
अमेरिका– गैरकानुनी र कानुनी कागजात नभई रुपमा अमेरिका वस्दै आएकाहरुलाई पक्राउ गरी फिर्ता पठाउन आइतवार देखि घरपकड गरिने भएको छ ।
 
अमेरिकाको इमिग्रेशन हेर्ने निकाय इमिग्रेसन एण्ड कस्टमस् इन्र्फोस्मेण्ट (आईसीई)ले इमिग्रेशन अदालतले फिर्ता जान आदेश दिदां पनि अटेर गर्दै अमेरिका वस्दै आएकालाई फिर्ता पठाउन आइतवार देखि अभियान शुरु गर्न लागेको हो ।
 
आईसीईले शुरुमा मुख्य रुपमा १० वटा शहरलाई लक्षित गरि यो अभियान संचालन गर्न लागेको अमेरिकी संचार संस्था सीएनएनले जनाएको छ ।
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिन अघि टुईट गर्दै यो अभियानका वारेमा जानकारी दिएका थिए । घरपकड र फिर्ता पठाउने अभियान आवश्यक भएको र यसमा १० औं लाखलाई सम्वन्धित देश पठाइने राष्ट्रपति ट्रम्पले सार्वजनिक गरेका थिए ।
 
यदी अमेरिकामा गैरकानुनी रुपमा वस्दै आउनुभएको छ, भने हटाइने छ आईसीईका कार्यवाहक प्रमुख मार्क मोरग्यानले बुधवार पत्रकार सम्मेलनमा भने । यो अभियानका लागि सम्वन्धित सरकारी अधिकारीहरुलाई तालिम र अन्य पक्षवाट पनि तयारी गरिएको जनाईएको छ । तर, के कसरी यो अभियान चलाइन्छ यो भने गोप्य राखिएको छ ।
 
यो कारवाही मुख्य रुपमा एट्लान्टा, बाल्टिमोर, सिकागो, डेभनर, ह्यूस्टन, लसएञ्जल्स, मियामी, न्यूओरल्यान्स, न्यूर्योक र सनफ्रान्सिस्कोमा केन्द्रित गरिने सीएनएनले सम्वन्धित स्रोतलाई उदृत गर्दै समाचारमा उल्लेख गरेको छ । शुरुमा यो कारवाही इमिग्रेशसन अदालतले अमेरिका छाड्न आदेश दिएका करिव २ हजार माथि केन्द्रित हुने जनाईएको छ । यी दुई हजार आप्रावासीलाई अमेरिका छाड्न लिखित रुपमा जानकारी दिईएको थियो ।
 
दोस्रो कार्यकालका लागि चुनावी अभियान शुरु संगै ट्रम्पले कागजात विहिन आप्रावासी प्रति अझ कडा हुने अभिव्यक्ति दिन शूरु गरेका छन् । आउने कार्यकालका लागि पनि ट्रम्पको मुख्य एजेण्डा गैरकानुनी आप्रावासी नै स्पष्ट भएको छ । ट्रम्पले केही साता यता गैरकानुनी आप्रावासीको प्रवाहलाई रोक्न मेक्सिको लगायत मध्ये अमेरिकी देशलाई दवाव दिएका थिए ।
 
ट्रम्पले गत राष्ट्रपति निर्वाचनमा पनि इमिग्रेशन लाई मुख्य मुद्दा वनाएका थिए । त्यसवेला कयौंले उनले जित्नेमा शंका व्यक्त गरेका थिए । तर, अहिले ट्रम्पका एजेण्डालाई सवैले संवेदनशील रुपमा लिएका छन् । तस्बिर: सामाजिक संजाल