मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सन् २०१० देखि २०१७ सम्म अमेरिकामा नेपालीको जनसंख्या २०६ प्रतिशतले बृद्धि

सन् २०१० देखि २०१७ सम्म अमेरिकामा नेपालीको जनसंख्या २०६ प्रतिशतले बृद्धि


हिमालयखवर संवाददाता-
अमेरिका । अमेरिकामा बसाई गर्ने दक्षिण एशियाली मुलुकका नागरिक मध्ये सन् २०१० देखि २०१७ सम्म नेपालीको जनसंख्या सवैभन्दा धेरै प्रतिशतले बृद्धि भएको छ ।
 
दक्षिण एशियाली देशका वारेमा अध्ययन र विवरण राख्ने सामाजिक संस्था दक्षिण एशियन अमेरिकन्स लीडिगं टुगेदर (साल्ट)ले आफ्नो स्न्यापच्याटमा अमेरिकामा नेपालीको जनसख्या २०१० देखि २०१७ सम्मको अवधिमा २०६ दशमलव ६ प्रतिशतले बृद्धि भएको जनाएको छ ।
 
उक्त सात बर्षमा अमेरिकामा दक्षिण एशियाली मुलका नागरिकको जनसंख्या बृद्धि ४० प्रतिशतले भएको छ । हाल करिव ५० लाख ४० हजार दक्षिण एशियाली मुलका नागरिक अमेरिकामा बसाई रहेको साल्टले जनाएको छ ।
 
सन् २०१० देखि २०१७ सम्मको अवधिमा भारतीयको जनसंख्या ३८ प्रतिशत, भुटानीको जनसंख्यामा ३८ प्रतिशत, पाकिस्तानी ३३ प्रतिशत, बंगलादेशी २६ प्रतिशत र श्रीलंकन १५ प्रतिशत बृद्धि भएको साल्टको विवरणमा उल्लेख छ ।
डीभी लटरी लगायतले अमेरिका आउने नेपालीको संख्यामा बर्षेनी बृद्धि भएको हो । यो जनसंख्या बृद्धिसंगै अमेरिकावाट नेपाल जाने रेमिट्यान्समा पनि बृद्धि भएको छ । गत आर्थिक बर्ष नेपालले प्राप्त गरेको रेमिट्यान्स मध्ये अमेरिकावाट आएको पैसा सवैभन्दा वढी थियो ।
 
नेपालमा वस्दै आएका भुटानी शरणार्थीलाई अमेरिकाले स्थायी बसोवासको सुविधा दिदां १ लाख भन्दा वढी यहां आएका छन् ।
 
अमेरिकामा बसोवास गर्ने दक्षिण एशियाली मुलका नागरिक मध्ये १० प्रतिशत गरिबीको रेखामुनी रहेको पनि साल्टले जनाएको छ । चार जना भएको परिवारको आम्दानी औषतमा २५ हजार १०० भन्दा तल छ भने यो अमेरिकामा गरिबीको रेखामुनी मानिन्छ । यो अंक अलस्का र हवाई राज्यमा भने फरक छ । प्रत्येक बर्ष यो रकम परिवर्तन हुन्छ ।  साल्टका अनुसार दक्षिण एशियाली मुलका मानिसमा धनी र गरिबको अन्तर निकै उच्च छ ।
 
साल्टले उक्त सात बर्षको अवधिमा अमेरिकामा आश्रय (एजाइलम) खोज्ने नेपालीको संख्या पनि उच्च दरले बृद्धि भएको छ । साल्टका अनुसार अक्टोबर २०१४ देखि अप्रिल २०१८ सम्म १७ हजार ११९ दक्षिण एशियाका नागरिक इमिग्रेशन कानुन विरुद्ध काम गरेको आरोपमा पक्राउ परेका छन् ।