मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

समता अस्पतालमा युवती झुण्डिएको अवस्थामा शव फेला

समता अस्पतालमा युवती झुण्डिएको अवस्थामा शव फेला


साँखु । बौद्धस्थित समता अस्पतालमा आज एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।
 
रामेछाप जिल्ला दोरम्बा घर भएकी सोही अस्पतालमा क्लिनरको काम गर्ने २७ वर्षीया विमला तामाङ अस्पतालमै झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । 
 
मृत फेला परेपछि आफन्तले अस्पताल परिसरमा तोडफोड गरेका छन् । तोडफोडपछि आक्रोशमा आएको भीडलाई नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ । 
 
महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार उनी दुई महिनादेखि यही अस्पतालमा काम गर्दै आएकी हुन् । शव परीक्षणपछि सत्यतथ्य रिपोर्ट आउने उनले बताए । 
 
अस्पतालका प्रशासनका कुमार बास्तोलाले भने भीडले आफूहरुलाई अस्पताल परिसरभित्र जान नदिएको हुँदा आफ्नै कर्मचारी झुण्डिएको हो वा अरु नै भन्ने कुरा यकिन नभएको बताए ।
 
अहिले बौद्ध प्रहरीले भीडलाई नियन्त्रण लिने काम भइरहेको हुँदा प्रहरीको अनुसन्धान पछि नै सत्यतथ्य जानकारी हुने महानगरीय प्रहरीले जनाएको छ ।