मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

गुठी बिधयेकको बिरोध, अमेरिकामा पनि

गुठी बिधयेकको बिरोध, अमेरिकामा पनि


हिमालयखबर संबाददादा-   
ड्यालस(टेक्सस) ।    नेपाल सरकारले अघि सारेको गुठी बिधयेकको बिरोधमा नेपाल भित्रका  मात्र होइन , नेपाल बाहीरका नेपाली समुदायहरु पनि आन्दोलीत भएका छन । 
 
नेपालमा प्रस्तावीत गुठी बिधयेकको बिरोधमा अमेरिकाको टेक्सास राज्य स्थित डलासमा पनि एक कार्यक्रम गरिएको  छ । डलासमा गठित संघर्ष समितीद्धारा  नेपाली मन्दिरमा आयोजना गरिएको बिरोध कार्यक्रममा, प्रस्तवाीत गुठी बिधयेक,  संस्कृती, सम्पदा, समाज, परम्परा, सस्कृती र जनताको इच्छा एवं चाहना बिरोधी  भएको भन्दै सहभागीहरुले  बिधयेकको कडा आलोचना गरेका छन  । संघर्ष समितीका संयोजकद्धय शैलेन्द्र मानन्धर र रवि महर्जनले , बिधयेक फिर्ता लिन नेपाल सरकारसँग माग गर्दै, नेपालमा भैरहेको गुठी बिधयेक बिरुद्धको संघर्षमा आफुहरुको  सक्दो साथ सहयोग रहने बताएका छन । 
 
नेपालमा प्रचलीत गुठी , सामुहिकताको एउटा सफल उदाहरण मानीन्छ । नेपालमा गुठी प्रथाको दुइ हजार बर्ष भन्दा पुरानो इतिहास छ, जुन निरन्तर रुपमा चल्दै आइरहेको छ । “यती लामो र अविछिन्न सफल परम्परालाइ केही राजनैतीक स्वार्थ बोकेका व्यक्तिहरुले खत्तम गर्न खोजेका छन , यो कुनै हालतमा स्विकार्य छैन ”शैलेन्द्र मानन्धरले भने । 
 
संघर्ष समितीका अर्का संयोजक रवि महर्जन भन्छन “गुठी बिना हाम्रा जात्रा, पर्व, बाजागाजा केही पनि चल्दैन ।”  
 
नेपालमा प्रस्तावीत गुठी बिधयेकको चर्को बिरोध भएपछि प्रधानमन्त्री के पी ओलीले नै, त्रुटीलाइ  सच्याउने र जनमतको बिरुद्ध कुनै निर्णय नगर्ने आश्वासन दिएका छन ।