मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गुठी विधेयक सम्बन्धमा सरकारले चाँडै निर्णय गर्छ : प्रधानमन्त्री

गुठी विधेयक सम्बन्धमा सरकारले चाँडै निर्णय गर्छ : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकका विषयमा सरकारले चाँडै निर्णय गर्ने बताएका छन् । 
 
काठमाडौंँ उपत्यकाका नेकपातर्फबाट  प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य तथा नगरप्रमुख–उपप्रमुख र वडाध्यक्षसँग छलफल गरी प्रधानमन्त्रीले गुठी विधेयकबारे निर्णय गर्ने बताएका हुन् । 
 
छलफलमा  राष्ट्रियसभामा सत्ता पक्षका नेता दीनानाथ शर्मा, सांसद् पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, जीवनराम श्रेष्ठ र  अञ्जना बिसङ्खे, काठमाडौंँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलगायतले विधेयकका विषयमा आआफ्नो धारणा व्यक्त गरेका थिए । 
 
जनप्रतिनिधिको सुझावपछि प्रधानमन्त्री ओलीले विधेयकका विषयमा आफूले परामर्श गरिरहेको र यसबारे सरकारले चाँडै यथोचित निर्णय गर्ने बताए ।