मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले विभिन्न विधेयक ल्याएर द्वन्द्व निम्त्यायो : अध्यक्ष थापा

सरकारले विभिन्न विधेयक ल्याएर द्वन्द्व निम्त्यायो : अध्यक्ष थापा


हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले विभिन्न विधेयक ल्याएर द्वन्द्व निम्त्याउन खोजेको बताएका छन् ।
 
सोमबार गृह जिल्ला मकवानपुर आएर पत्रकार सम्मेलन गर्दै उनले जनमत विपरीत विधेयकहरु ल्याउने काम गरेको भन्दै सरकार समयमा नै नसच्चिए राजनीति दुर्घटनातिर जाने बताएका हुन् । 
 
उनले सरकारले प्रेसविरोधी मिडिया काउन्सिल विधेयक ल्याएको बताएका छन् । ओली सरकारले मानव अधिकारसम्बन्धी, राष्ट्रिय सुरक्षासम्बन्धी तथा गुठीसम्बन्धी विधेयक ल्याएर वैचारिक ध्रुवीकरण सिर्जना गर्न खोजेको आरोप लगाएका हुन् ।  
 
गुठी विधेयकको विषयमा बोल्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले विधेयकको २२, २३ र २४ दफा आपत्तिजनक रहेको दाबी गरे । उनले गुठीसम्बन्धी विधेयक ल्याएर कम्युनिस्टहरु धर्मविरोधी भएको प्रमाणित गर्न खाजेको भन्दै सरकारको नियतमाथि नै प्रश्न गरे । 
 
गुठी विधेयक तत्काल फिर्ता गर्न सरकारसँग माग गर्दै उनले गुठी विधेयकले राजनीतिक परिवर्तनलाई चुनौती दिएकोसमेत जिकिर गरे ।