मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काठमाडौँमा यो वर्षकै उच्च तापक्रम

काठमाडौँमा यो वर्षकै उच्च तापक्रम


काठमाडौँ । अधिकतम तापक्रम वृद्धि भएसँगै काठमाडौँ उपत्यकामा यो वर्षकै बढी गर्मी महसुस गरिएको छ ।
 
मौसम पूर्वानुमान महाशाखाका अनुसार दुई दिनदेखि काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस रहेको छ । आज काठमाडौँको अधिकतम तापक्रम ३३ र न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्री पुगेको छ । हिजो शुक्रबार काठमाडौँको अधिकतम ३३.५ र न्यूनतम १९ डिग्री सेल्सियस थियो । काठमाडौँको तापक्रम वर्षको उच्च भएकाले गर्मी बढेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए । 
 
उनका अनुसार केही दिनयता बाहिरबाट कुनै पनि मौसमी प्रणाली नआएको र स्थानीय बादल पनि राम्रोसँग विकसित नभएकाले गर्मी बढेको हो । अझै दुई दिनसम्म गर्मी बढ्नेछ । अबको तीन/चार दिनपछि देशको पूर्वी क्षेत्रबाट विस्तारै मनसुन सक्रिय हुने मौसमविद् नगरकोटीको भनाइ छ ।
 
आज सबैभन्दा बढी अधिकतम तापक्रम दिपायल, भैरहवा र नेपालगञ्जको समान ४३, धनगढीको ४२ तथा दाङको ३९ र भरतपुरको ३८ डिग्री सेल्सियस रहेको छ । यसैबीच आगामी तीन दिनसम्म देशका विभिन्न भेगमा बदली रही केही स्थानमा मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
 
आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै महाशाखाले देशको पूर्वी तथा मध्य भू–भाग र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही एक÷दुई स्थानमा वर्षाको सम्भावना औँल्याएको हो ।