मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

काठमाडाैबाट लोकगायक रामप्रसादको “दुलाहा दुलही” रिलिज

काठमाडाैबाट लोकगायक रामप्रसादको “दुलाहा दुलही” रिलिज


काठमाडाै – भरखरै अमेरिकाबाट नेपाल आएका लोकगायक रामप्रसाद खनालले आफ्नो पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम "दुलाहा दुलही" लाइ युटुब मार्फत रिलिज गरेका छन ।
 
अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष समेत रहेका खनालले उक्त पञ्चेबाजाको लोक दोहोरी गीत शुद्ध मौलिक र अहिलेसम्म बजारमा आएका अन्य पञ्चेबाजाका गीत भन्दा अलग्गै रहेको बताए । 
 
कलाकार खनालको यो गीति एल्बममा उनको आफ्नै शब्द र स्वर रहेको छ भने उनलाई गायनमा साथ दिएकी छिन अहिलेकी चर्चित लोक गायिका पूर्णकला बिसीले । संगीत क्षेत्रका चर्चित हस्ती थानेश्वर गौतमको संगीत र एरेन्जर आशिश अबिरलको म्युजिक एरेन्ज रहेको प्रस्तुत गीतमा लोक दोहोरी भिडियो क्षेत्रका सर्बप्रिय कलाकार, निर्देशक र नायक शंकर बिसीले कोरियोग्राफ गरेका छन । 
 
शंकर बिसी र सर्जक खनालले संयुक्त निर्देशन गरेको यो भिडियोमा लोक दोहोरी क्षेत्रकी सर्बाधिक लोकप्रिय मोडल, डान्सर करिस्मा ढकाल सहितका व्यबसायीक कलाकारहरुको अभिनय र नाचले गीतलाई नयाँ उचाइ दिएको छ ।
 
लोकप्रिय र अग्रज हाँस्य कलाकारद्वय किरण केसी र शिवहरी पौडेलको बिशेष अभिनय समेत रहेको खनालको यो पञ्चेबाजाको यो लोक दोहोरी गीत विवाहका बेला र बिबाहको पार्टीमा सदाबहार रुपमा बजाउन र नाच्न मिल्ने प्रकारको छ । शब्द, स्वर, संगीत र एरेन्ज सबै पक्ष अबल छन यो गीतमा ।
 
लोकगापक खनाल गीत अनुशासित, मर्यादित, सामाजिक अनि मौलिक हुनुपर्छ भन्ने मान्यता राख्छन् । हाल सम्म ४७ वटा एल्बम सार्वजनिक गरिसकेका खनालका १२ सय भन्दा बढी गीतहरु प्रसारित छन । 
 
नेपाली भाषा, साहित्य, कला, गीत संगीत र पत्रकारिताका क्षेत्रमा लामो समय देखी कार्यरत खनाल हाल अमेरिका बस्छन तर अमेरिकाबाटै पनि आफ्नो पेशागत कर्म र धर्म जारिराखेका छन् । 
 
पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम "दुलाहा दुलही" को रिलिज सँगै लोकगायक खनालले युट्युबमा आफ्नो एकाउन्ट Subscribe गर्नेहरुलाई एक लाख रुपैयाँको पुरस्कारको घोषणा समेत गरेका छन । उनले आफ्नो युट्युब एकाउन्ट RAM PRASAD KHANAL ( https://www.youtube.com/user/rampdkhanal/videos?view=0&sort=p&flow=grid&view_as=subscriber ) मा गएर Subscribe गर्ने हरु मध्येबाट लक्की ड्र मार्फत तिनजनालाई प्रथम, द्वितिय र त्रितियलाई पचास हजार, तीस हजार, बिस हजार रूपैयाँको पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । उक्त पुरस्कारको घोषणा एकलाख Subscriber नाघ्नासाथ मिडियाहरुबाट गरिने छ ।  
 
गत दुई बर्षमा १९ वटा लोकप्रिय गीतहरु गाएका खनालले आफ्ना केही गीतहरु आफ्नी छोरी सुस्मा खनाललाई प्रोत्साहित गर्नका लागि ( SUSMA KHANAL ) को एकाउन्ट बाट रिलिज गरेर छोरीका Subscriber करिब दुई लाख पुर्याएका छन । छोरी सुस्मा खनाल उनको नाच, अभिनय, गायन र क्षमताका कारण संसार भर प्रसिध्द भएकी छन । 
 
खनालले यस पटक पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम "दुलाहा दुलही" गीतको भिडियो भने आफ्नै एकाउन्टबाट रिलिज गरेका छन । 
 
हेर्नुस रामप्रसाद खनालको पञ्चेबाजाको बिशेष लोकदोहोरी एल्बम "दुलाहा दुलही" गीतको भिडियो