मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

स्थानीय तहका जनप्रतिनिधिले आफूलाई राजा ठाने : मुख्यमन्त्री पौडेल

स्थानीय तहका जनप्रतिनिधिले आफूलाई राजा ठाने : मुख्यमन्त्री पौडेल


हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहका सरकारले आफूलाई राजा हुँ भन्ने व्यवहार त्याग्न आग्रह गरेका छन् ।     
 
संविधानले स्थानीय सरकारलाई स्वायत्त अधिकार दिएको भन्दैमा अरुको कुरा मान्नै नहुने व्याख्या गलत भएको बताउँदै उनले स्थानीय तहले सहअस्तित्व र सहकार्य आत्मसात् गर्न आग्रह गरे । 
 
‘संविधानले हाम्रा अधिकारको सूची स्पस्ट तयार गरे तापनि किन हामी अझै अन्योलग्रस्त छौं रु’ मुख्यमन्त्री पौडेलले प्रशन गरे । 
 
प्रदेश नं ३ को प्रदेश समन्वय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले एकअर्काको अस्तित्व स्वीकार नगर्ने हो भने सरकार सफल हुन नसक्ने दाबी गरे । 
 
स्थानीय सरकारले प्रदेश तहबाट गएका योजना कार्यान्वयन गर्न नदिएको गुनासो आएकोले त्यस्तो व्यवहार त्याग्न उनले आग्रह गरे ।
 
‘संविधानले स्वायत्तता अधिकार दिएको भन्दैमा एकअर्कालाई मान्नै पर्दैन भन्ने त हैन नि रु’ उनले थपे, ‘स्थानीय तहले कानुन बनाउँछ तर प्रदेश सरकारलाई थाहा हुँदैन, स्थानीय तहले प्रदेश सरकारलाई केही आर्थिक बुझाउनुपर्छ भन्ने छ तर स्थानीय सरकारलाई वास्ता छैन, यसरी कसरी विकास हुन्छ, कसरी सरकारबीच सहकार्य हुन्छ ?’ 
 
सम्बोधनका क्रममा मुख्यमन्त्री पौडेलले स्थानीय तहलाई कुनै पनि हालतमा कमजोर बनाउन नदिन आफू प्रतिबद्ध रहेको बताए । 
 
दुई दिनसम्म चल्ने बैठकमा संघीयताको सवलीकरणका लागि स्थानीय तह र प्रदेशबीच नीतिगत तथा कार्यगत सम्बन्ध र रणनीतिगत साझेदारीका विषयमा प्रस्तुतीकरण, बालविवाहमुक्त प्रदेश घोषणा अभियान, प्रदेश तहले स्थानीय तहको लागि बनाउनुपर्ने कानुनको पालनाका बारेमा सुझावसहित कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ । 
 
बैठकमा प्रदेशका १ सय १९ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सहभागिता रहेको छ ।