मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, नौ जना बिरामी

जंगली च्याउ खाँदा दुई जनाको मृत्यु, नौ जना बिरामी


रामपुर । पाल्पाको निस्दी गाउँपालिकाका जंगलबाट ल्याइएको च्याउको तरकारी पकाएर खाएर बिरामी परेकामध्ये दुई जनाको ज्यान गएको छ ।  
 
जंगली च्याउ पकाएर तरकारी खाएका निस्दी– ३ का ११ जना बिरामीमध्ये नौ वर्षका निर्मलासिं ठकुरीको शनिबार तथा आज चार वर्षीय विष्णुसिं ठकुुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
 
बिरामीमध्ये अन्य नौ जनालाई थप उपचारका लागि भरतपुर चितवन सिफारिस गरिएको छ । नवलपरासीको मध्यविन्दु अस्पतालमा उपचार भइरहेका नौ जनाको मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।
 
बिरामी ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ३६ वर्षीया चनकुमारी, १५ वर्षीया छोरी विमला, ८० वर्षीय प्रेमसिं ठकुरी, ३० वर्षीया दानमायासिं ठकुरी, सात वर्षीय सुमनसिं, धनकुमारी सिं, निशासिं र निरुतासिंको अवस्था सुधारोन्मुख रहेको प्रहरीको भनाइ छ ।