मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ड्यालसमा सञ्चालित महापुराणको आज छैठौ दिन

ड्यालसमा सञ्चालित महापुराणको आज छैठौ दिन


हिमालयखबर संबाददादा-
ड्यालस (टेक्सस)। गत आइतबारदेखि अर्भिङको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा सञ्चालित सप्ताह महापुराणमा शनिबार भक्तजनहरुको विशेष चहलपहल भएको छ ।
 
पृथ्बीनारायण शाह स्मृति तथा सांस्कृतिक केन्द्रको आयोजनामा भइरहेको महापुराणको मुख्य कथा वाचकमा आध्यात्मिक, पूर्बीय तथा वैदीक धर्म संस्कृतिका ज्ञाता डा. माधबप्रसाद भट्टराई र डा. शेखर पण्डित हुनुहुन्छ । त्यसका साथमा विदुषी कान्ता भट्टराईले पनि प्रवचन दिइरहनुभएको छ । 
 
पुराणको क्रममा यसपटक धेरै नयाँ अनुहारहरुलाई समेटिएको पुराण आयोजक समिति प्रचार प्रसार समिति संयोजक विजयराज भट्टराईले बताउनुभयो । यसपटक भुटानी नेपाली समुदायको सकृय सहभागिता रहेको छ । भुटानबाट आएका नेपालीभाषीहरुले मन्दिरलाई आफ्नो ठानेर सकृय रुपमा सहभागिता जनाएको संस्थाका अध्यक्ष देवीप्रसाद पाण्डे (दीपक) ले जानकारी दिनुभयो ।
 
विगतमा बिभिन्न कारणले समेट्न नसकिएका हिन्दू धर्मावलम्बी समुदायलाई यसपटकको पुराणले एक ठाउँमा लिएर आएको छ । यसले गर्दा युलेसमा निर्माणको तरखरमा रहेको मन्दिरलाई निकैनै सघाउ पुग्ने अवस्था रहेको सहभागीहरुले बताए । 
 
महापुराणको क्रममा अध्यक्ष पाण्डेका अतिरिक्त प्रदीप तिम्सिना, छबीलाल हुमागाई, धनञ्जय ढकाल, रमेश पोखरेल, बासु भण्डारी, भगवती पाण्डे, कमल ओझा लगायतले सकृय सहयोग गर्दै आएका छन् । महिलाहरुको पनि त्यत्तिकै उत्साहजनक सहयोग र सहभागिता रहेको छ । 
 
महापुराणको आइतबार समापन हुने कार्यक्रम छ । आइतबार विशेष कार्यक्रम हुने भएकोले सहभागिताका लागि ड्यालस फोर्टवर्थ र सेरोफेरोमा बस्नेहरुसँग आयोजकले अनुरोध गरेका छन् ।