मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

नेपाल भ्रमण वर्षबारे अन्तर्राष्ट्रिय मिडियालाई जानकारी

नेपाल भ्रमण वर्षबारे अन्तर्राष्ट्रिय मिडियालाई जानकारी


काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० को अभियानबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी गराइको छ । हिमालयन ट्राभल मार्टको जारी सम्मेलनमा आज भएको अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया सम्मेलनमा भ्रमण वर्षको सन्दर्भमा गरिने गतिविधि तथा नेपाल गन्तव्यबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइएको हो ।
 
सम्मेलनमा विभिन्न मुलुकका ३८ जना अन्तर्राष्ट्रिय ट्राभल ब्लर्गस तथा मिडिया प्रतिनिधिको सहभागिता थियो । भ्रमण वर्ष अभियानको राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले अभियानबारे प्रस्तुति गर्दै अभियानअन्तर्गत, साहसिक, पर्यटन, धार्मिक पर्यटन, ‘माइस टुरिज्म’ प्रवद्र्धनका साथै अन्तर्राष्ट्रियरुपमा गरिने विभिन्न कार्यक्रमबारे जानकारी गराए । 
 
उनले पर्यटकीय पूर्वाधार निर्माणले तीव्रता पाएको तथा पर्यटकीय क्षेत्र तथा सांस्कृतिक सम्पदा सुरक्षित र आकर्षक गन्तव्यका रुपमा रहेको सन्देश विश्व बजारलाई प्रवाह गर्न सम्मेलन उपयोगी हुने उल्लेख गरे । 
 
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले भ्रमण वर्ष अभियन विश्वमा प्रवद्र्धनका साथै नेपाल पर्यटनका लागि सुरक्षित र आकर्षक गन्तव्य रहेको सन्देश प्रवाह गर्न सम्मेलन फलदायी भएको बताए । 
 
बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले संयोजन गर्नुभएको कार्यक्रममा ब्लर्गस लेक्स लिम्बु, नेशनल जोग्राफी मिडियाका प्रतिनिधि नोराइ क्विन्टोसले ब्लर्गसको विश्वव्यापी अभ्यासबारे जानकारी गराए । 
 
सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । बोर्डका सन् २०१८ मा १२ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् ।