मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

गीतकार न्यौपानेको रिमारिमा गीत सार्वजनिक

गीतकार न्यौपानेको रिमारिमा गीत सार्वजनिक


ड्यालस (अमेरिका) – गीतकार कमला न्यौपानेको शव्द संयोजनमा भरखरैमात्र ‘रिमा रिमा..’ बोलको गीतको म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक भएको छ । 

 
अमेरिकामा भिडियो सुटिङ भएको यो गीतमा कर्णबीरको स्वर, एदिन गजमेरको संगीत रहेको छ । कुशल गुरुङ र रिमा श्रेष्ठले म्युजिक भिडियोमा अभिनय गरेका छन् । म्युजिक भिडियोको सुटिङ सबै अमेरिकाका बिभिन्न स्थानहरुमा भएको हो । 
 
गीतकार न्यौपाने विगत दुई दशकदेखि अमेरिकामा रहँदै आउनुभएको छ । हाल कान्सस राज्यमा बस्दै आउनुभएकी न्यौपानेको यो गीतमा छनौट भएका शव्दहरु र संगीतलाई धेरैले मन पराएका छन् ।
 
युटुबमा रिलिज भएको एक सातामा झण्डै १३ हजारले यो गीत हेरिसकेका छन् ।