मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली घरद्वारा सदस्यता खुल्ला

नेपाली घरद्वारा सदस्यता खुल्ला


कोलोराडो (अमेरिका)– कोलोराडोमा सकृय सामाजीक संस्था नेपाली घरको नयाँ सदस्यता लिनका लागि आउँदो जुन ३० सम्मको समय दिइएको छ । 
 
कार्यसमितीको बैठकले कोलोराडो निवासी सबैलाई संस्थाको सदस्यता लिई संस्थामा आवद्धहुन समेत अनुरोध गरेको छ । संस्थाको  कार्यसमितीको बैठकले आगामी जुलाई महिना भित्र सम्पन्न हुन लागेको संस्थाको नयाँ कार्यसमितीको चुनावमा  सक्षम, ईमान्दार, उमेद्धारहरु चयनगरी संस्थाले आगाडी सारेका आयोजनालाई निरन्तरता दिई सम्पन्न गर्न सहयोगकोलागी अपिल गरेको हो । 
 
बैठकले संस्थाको आगामी चुनावमा भाग लिन तथा मताधिकार प्रयोजनका लागी इच्छुक महानुभावहरुलाई  आगामी जुन ३० भित्र सदस्यता नविकरण तथा नयां सदस्यता लिन सबैलाई आग्रह गर्ने निणर््ाय गरेको संस्थाका अध्यक्ष लछुमन रानाले बताए । उनले आजीवन सदस्य बाहेक अन्य सबै सदस्यहरुको बिधान अनुसार सदस्यता नबिकरणगर्नु पर्ने समय भएकोले सदस्यता लिई संस्थामा गोलबन्द भई नेपाली तथा नेपाली मुलका नेपाली भाषीको समुदायको नेपाली सामुदायिक भवन निर्माणको सपना साकार पार्न सबैलाई सहयोगकोलागी अपिल गरिएको बताएका छन् । 
 
नेपाली घरको सदस्यताकोलागी संस्थाको वेभसाईड नेपाली घर डट ओआरजीमा गई फारम डाउनलोड गरि भर्न सकिने छ । त्यसैगरी थप जानाकारी चाहिएमा  नेपाली घरसँग सम्बन्धित जो सुकै पदाधिकारी, बोर्ड सदस्यहरु सग सम्पर्क गर्न सकिने बताईएको छ ।