मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

सप्ताहव्यापी महापुराण सुरु (फोटो / भिडियो सहित)

सप्ताहव्यापी महापुराण सुरु (फोटो / भिडियो सहित)


हिमालयखबर संबाददादा-
ड्यालस (टेक्सस) ।  भरखरै स्थापना भएको पृथ्बीनारायण शाह स्मृति तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा सप्ताहव्यापी महापुराण सोमबारदेखि सुरु हुने भएको छ । 
 
महापुराणको पूर्बसन्ध्यामा आइतबार अर्भिङको पशुपतिनाथ तथा बुद्ध मन्दिरबाट कलशयात्रा सहितको ¥याली निस्किएको छ । त्यस अवसरमा पञ्चैबाजा सहितको कलात्मक कलश बोकेका सयौँ महिला तथा पुरुषहरुले मन्दिर परिक्रमा गरेका थिए । 
 
कलशयात्रा पछि आयोजित कार्यक्रममा नव स्थापित संस्थाको बोर्ड अफ ट्रस्टीमा रहेका पदाधिकारीहलाई परिचयपत्र हस्तान्तरण सहित शपथग्रहण कार्यक्रम आयोजना गरिएको थियो ।
 
त्यस अवसरमा प्रतिष्ठानका अध्यक्ष देबीप्रसाद पाण्डे, मन्दिरका मुख्य पुजारी डा. शेखर पण्डित, एनआएनका नवनिर्वाचित अध्यक्ष सुनिल साह, नेपाली कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारी, नेपाली जनसम्पर्क समिति ड्यालस फोर्टवर्थका अध्यक्ष ज्ञानेन्द्र कार्की, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका पूर्ब अध्यक्ष रमेश पोखरेल, महासचिव छबी चापागाई, समाजसेवी बासु भण्डारी, एनआरएन टेक्सस च्याप्टर अध्यक्ष भानु खरेल, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, डा. माधब भट्टराई, विदुषी कान्ता भट्टराई, कृष्णप्रसाद भट्टराई, समाजसेवी चन्द्रकला भट्टराई, हरिप्रिया नेपाल, उमापति भुसाल, चन्द्रमणि पाण्डे, सगुनका कबिन्द्र सिटौला लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 
आउँदो आइतबारसम्म सञ्चालन हुने महापुराणबाट संकलन भएको रकम युलेसमा बन्न लागेको नयाँ मन्दिरका लागि हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । सप्ताहव्यापी महापुराणकै क्रममा सामुहिक उपनयन (ब्रतबन्ध) को कार्यक्रम समेत राखिएको छ ।
 
केन्द्रले नेपाली धर्म संस्कृति र इतिहासको रक्षा गर्ने मुख्य उद्वेश्य बोकेको छ । महापुराणको मुख्य वाचकमा हिन्दु धर्म संस्कृतिका विद्वानद्वय प्राध्यामक डा. माधब भट्टराई र डा. शेखर पण्डित हुनुहुन्छ ।