मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतीय राष्ट्रिय कांग्रेस अध्यक्ष राहुल गान्धीको राजीनामा अस्वीकृत

भारतीय राष्ट्रिय कांग्रेस अध्यक्ष राहुल गान्धीको राजीनामा अस्वीकृत


भारत । भारतमा सम्पन्न लोकसभा निर्वाचनमा अपेक्षा गरेअनुसार परिणाम नआएपछि भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले कांग्रेसको वर्किङ कमिटीमा राजीनामा दिएका छन् । तर, शनिबार बसेको कमिटीको बैठकले राहुलको राजीनामा अस्वीकृत गरेको कांग्रेस नेता रणदीप सुरजेवालालाई उदृत गर्दै एएनआइले जनाएको छ ।
 
निर्वाचनको प्रचारप्रसारका क्रममा आक्रमक ढंगले प्रस्तुत भएका राहुलको नेतृत्वमा यस पटकको लोकसभा निर्वाचनमा राम्रो परिणाम ल्याउने धेरैले अपेक्षा गरेका थिए । तर, राहुल गान्धी विरासतका रुपमा पाएको अमेठी लोकसभा सिटबाट पराजित भए । 
 
उनलाई मोदी क्याबिनेटमा मन्त्री रहेकी पूर्व अभिनेत्री स्मृति इरानीले पराजित गरिन् ।
 
नेहरु– गान्धी परिवारको राजनीतिक गढ मानिएको अमेठीबाट मात्र नभर्इ राहुलले यसपटक दुई स्थानबाट निर्वाचन लडेका थिए । उनले ुसेफसाइडु का रुपमा वायान्द लोकसभा क्षेत्रमा समेत प्रतिस्पर्धा गरेका थिए । त्यहाँबाट उनी विजयी हुँदै सांसद् भने बनेका छन् ।
 
सत्तारुढ भारतीय जनता पार्टी ३०३ सिटमा विजय हासिल गर्दा कांग्रेसले ५२ सिटमा मात्रै चित्त बुझाउनु परेको छ ।