मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

गीतकार बिटु केसीको मायाको मात सार्वजनिक

गीतकार बिटु केसीको मायाको मात सार्वजनिक


मायालुको बात मिठो , बिताएका साथ मिठो 
मदहोश नै परिदीने , मायाको मात मिठो …….
 
सर्जक बिटु केसीको " मायाको मात " मुक्तक संग्रहको  शीर्ष मुक्तकबाट प्रभावित भएर संगीतकार अनिल शाहीले एउटा गित लेख्न आग्रह गरे |  बिटु केसीले शब्दहरु कोरिन | त्यसैको परिणति मायाको मात बोलको यो गीत आज दर्शक , श्रोताहरु माझ सार्वजनिक भएको छ | 
 
प्रविशा अधिकारी र अनिल शाहीको मिठो युगल स्वर त छदैछ , सुन्दर भिडीयो अभिनयले पनि दर्शक,श्रोताको मन तान्ने प्रयत्न गरेको छ | दुवै गायक गायिका स्वयंले यो भिडीयो गीतमा अभिनय गरेका छन | ओएसआर डिजीजल मार्फत सार्वजनिक यो भिडीयोको सम्पादन अमृत चापागाईंले गरेका हुन | 
 
" मायाको मात " शीर्षकको यो गीत " आधा मन " एल्बमको दोस्रो गीतको रुपमा सार्वजनिक भएको छ | 
यस अगाडि  " तिमीले बोले मात्रै " बोलको पहिलो भिडीयो गीत प्रसारित भएको थियो | जसमा गायिका ऐंजेला श्रेष्ठको स्वर रहेको छ | 
 
आधा मन एल्बमका सबै गीत रचना बिटु केसी हो | सुल्तान अफ स्ट्रिंगको रुपमा चर्चित संगीतकार अनिल शाहीले एल्बमका सबै गीतमा संगीत भरेका छन |  यस एल्बममा छ वटा गीतहरु समावेश छन | जुन क्रमश प्रसारित हुँदै जाने संगीतकार शाहीले जानकारी गराए | अन्य गीतमा जीना रसाइली , आशिष गुभाजु , किरण भुजेल लगायतका गायक गायिकाहरुको स्वर रहेको छ |