मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राजधानीको सुरक्षा व्यवस्थालाई नमूना बनाउनुपर्छ : महानिरीक्षक खनाल

राजधानीको सुरक्षा व्यवस्थालाई नमूना बनाउनुपर्छ : महानिरीक्षक खनाल


काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राजधानीको सुरक्षा व्यवस्थालाई नमूना बनाउनुपर्ने बताएका छन् । 
 
महानगरीय प्रहरी परिसर मातहतका कनिष्ठ प्रहरी अधिकृत तथा जवानलाई सम्बोधन गर्दै उनले हरेक प्रहरी कर्मचारीले आफूले गरेको कामप्रति राष्ट्र, समाज, परिवार र आफैँले गर्व महसुस गर्नसक्ने गरी काम गर्नुपर्ने बताए हुन् । 
महानिरीक्षक खनालले हरेक प्रहरी कर्मचारीले सङ्गठनको सोच र नागरिकको अपेक्षाअनुसार काम गर्नुपर्ने बताए । 
 
समुदाय-प्रहरी साझेदारीअनुसार नागरिकसँग समन्वय गरेर काम गर्नुपर्ने उनको भनाइ थियो । उनले राजधानीमा आउन सक्ने विषम परिस्थितलाई कुनै पनि त्रुटि हुन नदिइ समाधान गर्नुपर्ने भएकाले कानून कार्यान्वयनमा कठोर हुनुपर्ने बताए । 
 
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने कामलाई तीव्रता दिनुपर्ने बताए । 
 
उनले उपत्यकामा विगत छ महीनाको अवधिमा मादक पदार्थ नष्ट र लागुऔषध बरामद्मा तथा बेरुजु फछ्र्यौटमा नेपाल प्रहरी सफल भएको र राजधानीमा पेशेवर अपराधीबाट हुने आपराधिक गतिविधि न्यूनीकरणमा आएको उल्लेख गरे । रासस