मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिकाको चुनावको निष्पक्षतामा प्रश्न उठाउँदै आईसीसीमा लम्सालको पत्र

एनआरएनए अमेरिकाको चुनावको निष्पक्षतामा प्रश्न उठाउँदै आईसीसीमा लम्सालको पत्र


हिमालयखवर संवाददाता
अमेरिका- गैर आवासीय नेपाली संघ (एनअारएन) एनसीसी अमेरिकाको गत साता भएको निर्वाचनमा पराजित उम्मेदवार सुर्य लम्सालले चुनावको निष्पक्षतामा प्रश्न उठाउँदै गैर आवासीय नेपाली संघ आईसीसीसँग जवाफ मागेका छन् ।
 
एनआरएनए महासचिव डा बद्री केसीलाई सम्वोधन गरी लेखिएको पत्रमा लम्सालले संवेदनशील समयमा उठेका मुद्दालाई वेवास्ता गर्दा एनआरएनए अमेरिकाको निर्वाचन प्रकृयाको निष्पक्षतामा प्रश्न उठेको उनले उल्लेख गरेका छन् ।
 
तपाईले (डा केसी) एनआरएनए अमेरिकाका बारेमा उठेका असहमती र मुद्दामा सकृय सहभागिता जनाउनुभएको थियो भन्ने उल्लेख गर्दै लम्सालले नेपाली समय अनुसार मे १८ दिउसो २ बजे भएको कन्फ्रेन्स कलको माइन्यूट लगायत अन्य रेकर्डहरु माग गरेका छन् ।
 
यस्तै  लम्सालले पत्रमा एनआरएनए अमेरिकाको सदस्य प्रकृयाका सम्पुर्ण विवरण पनि उपलव्ध गराउनका लागि निर्देशन दिन समेत केसीसँग माग गरेका छन् ।
 
लम्साल गत शनिवार र आईतवार भएको एनआरएनए अमेरिकाको निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए । उनी दोस्रो स्थानमा आएका थिए । अध्यक्ष पदका अर्का उम्मेदवार संजय थापाले भने चुनावी नतिजा स्वीकारेका छन् ।
 
उक्त निर्वाचनमा करिव ७ हजार मत खसेको थियो । एनआरएनए अमेरिकामा करिव ९ हजार मतदाता थिए । एनआरएनए अमेरिका कार्यसमिति, आईसीसी सदस्य र २० राज्यमा च्याप्टरका लागि २ सय जना भन्दा वढी उम्मेदवार थिए । निर्वाचित पदाधिकारीको पदस्थापन भएको छैन ।
 
लम्सालले उक्त पत्र एनआरएनए अध्यक्ष भवन भट्ट, अमेरिका क्षेत्रका संयोजक गौरी जोशी, उपसंयोजक नविन शेरचन, एनआरएनए अमेरिकाका अध्यक्ष डा केशव पौडेल लगायतलाई पनि वोर्धार्थ (सीसी) गरेका छन् । डा केसीले उक्त पत्रको जवाफ पठाउन बाँकी छ ।