मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारतको राजनीतिमा सवैभन्दा रोमाञ्चक रात

भारतको राजनीतिमा सवैभन्दा रोमाञ्चक रात


हिमालयखवर संवाददाता-
अमेरिका । राजनीतिका वारेमा अभिरुचि छ भने आजको रात खास हुने छ । विश्वकै सवैभन्दा ठुलो प्रजातान्त्रिक मुलुक भारतको लोकसभा निर्वाचनको नतिजा आजरात भरमा आईसक्ने छ ।
 
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जादु यो चुनावमा चल्छ कि चल्दैन यो विश्वभर चासोको विषय छ । विपक्षी पार्टीहरुको समुहलाई नेतृत्व गरिरहेका कांग्रेस आई अध्यक्ष राहुल गान्धीको राजनीतिक भाग्यको फैसला पनि आजकै रात हुने छ ।
 
भारतमा करिव एक अर्ब मतदाता छन् । जस मध्ये ६७ प्रतिशत अर्थात करिव ६७ करोड जनताले भोट हालेका थिए । कुल ५ सय ४३ मध्ये ५ सय ४२ सिटका लागि अहिले मतगणना शुरु भईरहेको छ ।
 
नेपाल धेरै पक्ष्ँमा भारत निर्भर भएकाले यो निर्वाचनले नेपालको राजनीतिमा पनि धेरै थोरै असर पार्छ । तर, अधिकांश नेपालीहरु पनि यो निर्वाचनमा मोदीले जितुन भन्ने चांहदैनन् । अमेरिकामा वस्ने अधिकांश नेपालीपनि मोदीको पक्ष्ँमा छैनन् ।
 
साता चरणमा भएको निर्वाचन लगत्तै मिडियाहरुले सार्वजनिक गरेका मतसर्वेक्षणमा मोदीको जित हुने वताईएको छ । तर, भारतमा मतसर्वेक्षण सधै सही साबित नभएका उदाहराण्हरु पनि छन् ।
 
प्रारम्भिक चरणमा निर्वाचनको नतिजामा पनि मोदीको नेता रहेको रहेको भाजपा र सहयोगी दल अगाडी देखिएको छ । तस्बिर: सामाजिक संजाल