मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेजाद्वारा एनआरएनका नवनिर्वाचित पदाधिकारीलाइ बधाइ ज्ञापन

नेजाद्वारा एनआरएनका नवनिर्वाचित पदाधिकारीलाइ बधाइ ज्ञापन


 अमेरिका– गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको नवनिर्वाचित अध्यक्ष सुनिल साह लगायत टीमलाइ नेपाल अमेरिका पत्रकार संघ(नेजा) ले बधाइ ज्ञापन गरेको छ । 
 
नेजाले सोमबार विज्ञप्ती जारी गर्दै अध्यक्ष साहको कार्यकालमा दुइ संस्थाबीच संबन्ध अझ प्रगाढ र मजवुत हुने अपेक्षा राखेको छ । नेजा महासचिव किरण मरहट्ठाद्वारा जारी विज्ञप्तीमा भनिएको छ–‘सामुदायिक पत्रकारिता मार्फत अमेरिकी नेपाली समुदायलाई सु-सुचित गर्दै आईरहेको नेजा प्रजातान्त्रिक तवरले सम्पन्न यो निर्वाचनप्रति खुशी व्यक्त गर्दै एनआरएनए अमेरिकासँगको हाम्रो सम्बन्ध नव-निर्वाचित कार्यसमितिसंग अझै प्रगाढ र सुगन्धित हुने अपेक्षा गर्दछ ।‘
 
शनिबार र आइतबार सम्पन्न एनआरएन अमेरिकाको निर्वाचनले अध्यक्षमा सुनिल साहलाइ निर्वाचित गरेको छ । 
 
विज्ञप्तीमा सवल एनआरएनए अमेरिका बनाउन नेजाले आफ्नो तर्फबाट गरेको ‘नेजा – एनआरएनए अमेरिका बहस’ जस्ता कार्यक्रमले आगामी दिनमा प्रवासी अमेरिकी समाजमा नेजा र नव-निर्वाचित अध्यक्ष साहको कार्यसमितिसँग सहकार्य गर्न सदैव तत्पर रहेको पनि उल्लेख छ । 
 
नेजाले एनआरएनए अमेरिकाको नव निर्वाचित कार्यसमिति समुदाय, संस्कृति र जन्मभूमिको समुन्नत हितका लागी अग्रसर होस् भन्ने कामना गर्दै नव-निर्वाचित अध्यक्ष साह लगायत उहाँको कार्यसमितिलाई दुई बर्षे कार्यकालको सुवर्ण सफलताको कामना गरेको छ ।