मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिका निर्वाचन: सुनिलले ३७ सय ११ भोट ल्याएर जिते, वरिष्ठमा डा. बञ्जाडे

एनआरएनए अमेरिका निर्वाचन: सुनिलले ३७ सय ११ भोट ल्याएर जिते, वरिष्ठमा डा. बञ्जाडे


अमेरिका– गैर आवासीय नेपाली संघ एनसीसी अमेरिकाको अध्यक्षमा टेक्ससका सुनिल साह विजयी भएका छन् । अाफ्ना प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतले साह विजयी भएका हुन् ।
 
अध्यक्षमा  विजयी साहले तीनहजार सातसय ११ मत प्राप्त गरेको स्रोतले जानकारी दिएको छ । अनौपचारिक स्रोतका अनुसार साहले राम्रो मतअन्तरले अन्य दुई जना प्रतिस्पर्धीलाई पछाडी पारेका हुन् । तर, एनआरएनए अमेरिका निर्वाचन समितिवाट आधिकारीक घोषणा भने भैसकेको छैन । 
 
वरिष्ठ उपाध्यक्षमा टेक्ससको ड्यालसकै डा. अर्जुन बण्जाडेले झिनो मतअन्तरले विजयी भएको पनि स्रोतको दावी छ । करिब एक सय ६७  भोट अन्तरले बण्जाडेले चुनाव जितेको स्रोतले जानकारी दियो । अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा निर्वाचित दुबै अमेरिकाको दक्षिणी राज्य टेक्ससको ड्यालस निवासी हुन् । 
 
निर्वाचित भएको अाधिकारिक घोषणा भने निर्वाचन अायोगले गरिसकेको छैन । साह र बञ्जाडे एकै खेमाबाट उम्मेदवार थिए । महासचिवमा पशुपति पाण्डे विजयी भएको स्रोतको दावी छ । 
 
सचिवमा अमृत कट्टेल अगाडी रहेको स्रोतको दावी छ । कोषाध्यक्षमा नेत्रबन्धु पोखरेल विजयी भएका छन् भने सह–कोषाध्यक्षमा ड्यालसकै सन्तोष विष्ट विजयी भए । 
 
अध्यक्ष पदका उम्मेदवारद्वय लम्साल र थापा भने न्यूयोर्कका हुन् ।
 
(हामी चुनावी अन्य विवरणहरू प्राप्त हुनासाथ अपडेट गर्दैजानेछाैँ)