मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

जनप्रतिनिधिले जनताको मन जित्ने काम गर्नुपर्छ : प्रचण्ड

जनप्रतिनिधिले जनताको मन जित्ने काम गर्नुपर्छ : प्रचण्ड


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  स्थानीय तहका जनप्रतिनिधिले जनताको मन जितेर काम गर्नुपर्ने बताएका छन् ।
 
ललितपुर महानगरपालिका वडा नं २६ कार्यालयको नवर्निर्मित भवनको आज ढोलाहिटीमा उद्घाटन गर्दै उनले जनप्रतिनिधिले जनतालाई राम्रो सेवासुविधा दियौँ भन्ने प्रमाणित गर्नु आवश्यक रहेको बताए ।
 
“सिंहदरबारको अधिकार जनताकै घरदैलोमा ल्याउने योजनाअन्तर्गतकै तीन तहको सरकार बनेको हो । स्थानीय तह जनताको सेवासुविधाका लागि हो । त्यसतर्फ विशेष ध्यान दिनु आवश्यक छ”, उनले थपे ।
 
केन्द्रीकृत संरचनामा रहेको सिंहदरबारबाट जनताले सेवा लिन नसकेको ठानी तीन तहको सरकार बनाएको स्मरण गर्दै पूर्वप्रधानमन्त्री दाहालले बजेट र पूर्वाधारको अभावले धेरै स्थानीय तहमा जनअपेक्षित सेवा प्रदान गर्न नसके पनि अब भने जनपक्षीय काममा केन्द्रित हुन आग्रह गरे ।
 
स्थानीय सरकार सञ्चालनका लागि केही ऐन नियम बनिनसकेको र अभाव रहेकैबेला हिजोकै एकात्मक राज्य नै ठीक भन्ने अलिअलि सल्बलाउन थाले पनि क्रमशः विकास निर्माणले गति लिन थालेपछि त्यस्तो प्रवृत्ति हराएर जाने बताए ।