मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बस र कार ठोक्किँदा दुई जनाको मृत्यु

बस र कार ठोक्किँदा दुई जनाको मृत्यु


दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नं ४ बुल्दीपुल नजिक गत फागुन १८ गते बस र कार ठोक्किँदा कारमा सवार दुई जनाको मृत्यु भयो । त्यसको तीन दिनपछि व्यास नगरपालिका वडा नं १२ घाँसीकुवामा सडकबाट जीप खस्दा दुईको मृत्यु हुनुका साथै ११ घाइते भए । 
 
फागुन २६ गते रिसिङ गाउँपालिका वडा नं ६ सार्कीचौतारास्थित भित्री कच्ची सडकखण्डमा ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु हुनाकासाथै सात घाइते भए । चैत २३ गते पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा यात्रुवाहक बस र ट्रक ठोक्किँदा बसमा सवार १३ जना घाइते भए । 
 
चालू आर्थिक वर्षको नौ महीनाको तथ्याङ्कअनुसार जिल्लामा अत्यधिक सवारी दुर्घटना भएको देखिएको छ । पृथ्वीराजमार्ग र भित्री सडकखण्डमा सो अवधिमा सवारी दुर्घटनामा परी ५२ जनाको मृत्यु भएको थियो । सवारी साधनको तीव्र गति, खाल्डाखुल्डी सडक, पैदलयात्रीको लापर्वाहीजस्ता कारणले सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या बढेको हो ।
 
जिल्ला ट्राफिक कार्यालयका प्रमुख पूर्णबहादुर अधिकारी तीव्र गतिमा सवारी चलाउनाले दुर्घटना बढेकोे बताउँछन् । उनका अनुसार तीव्र गतिमा सवारी साधन चलाउने, एकअर्काबीच प्रतिस्पर्धा, सडकमा खाल्डाखुल्डी लगायतले सवारी दुर्घटना बढेको हो । उनी भन्छन्, “सडकसमेत ठाउँठाउँमा भत्किएको छ, समयमै मर्मत नहुँदा मोटरसाइकल र स्कुटर बढी दुर्घटनामा पर्ने गरेको छ ।”