मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या आठ पुग्यो

त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या आठ पुग्यो


धादिङ । धादिङको गजुरी गाउँपालिकाको वडा नं ६ बन्छेटारस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या आठ पुगेको छ । 
 
काँकडभिट्टाबाट काठमाडौँका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको रात्रिबस आइतबार बिहान ६ बजेतिर दुर्घटनामा परेको थियो । बस सडकबाट ३० मिटर तल त्रिशूली नदीमा खसेको थियो । प्रत्यक्षदर्शी स्थानीयवासीका अनुसार बसले सडक छेउको फलामे तारबार भत्काएर नदीमा खसेको थियो । 
 
दुर्घटनामा इलामको कन्याम निवासी २० वर्षीय विशाल गिरी, चन्द्रागिरि नगरपालिका बस्ने ३५ वर्षीया सीता थपलिया र थानकोट निवासी ५१ वर्षीय राजकुमार सुवेदी र धादिङ बेनिघाट रोराङका राजन आचार्यको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा प्रकाश श्रेष्ठ र शेखर मगरको ठेगाना खुल्न सकेको छैन भने अन्य दुई जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।  
 
दुर्घटनामा २९ जना घाइते भएकोमा १४ जनाको अवस्था चिन्ताजनक रहेकोमा उनीहरुलाई उद्धारपछि तत्काल काठमाडौँ पठाइएको थियो । बाँकी घाइतेहरुलाई स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि काठमाडौँ पठाइएको छ ।