मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकार लोकतन्त्रको आवरणमा निरंकुश बन्दैछ : नेता केसी

सरकार लोकतन्त्रको आवरणमा निरंकुश बन्दैछ : नेता केसी


काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सरकार लोकतन्त्रको आवरणमा निरंकुश बन्दै गएको बताएका छन् । 
 
शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा नेता केसीले निरंकुश मनोवृत्तिका साथ सरकाले सम्पूर्ण शक्ति र अधिकार आफूमा निहीत गर्न एकपछि अर्को कानुन बनाउँदै गएको आरोप लगाए ।
 
राज्यका सम्पूर्ण संवैधानिक निकायलाई प्रधानमन्त्री मातहत ल्याउने गरी सरकारले एकपछि अर्को कदम चाल्दै आएकोमा उनले आपत्ति जनाए । उनले केसीले मानवअधिकार आयोग, राष्ट्रिय सुरक्षा परिषद्, मिडिया काउन्सिल र सूचना प्रविधिसम्बन्धी विधेयकमा गरिएको व्यवस्था लोकतन्त्र र प्रेस स्वतन्त्रताविरोधी भएकाले कांग्रेसले सडकदेखि सदनसम्म विरोध गर्ने बताए । 
 
नेकपाका नेता दिनानाथ शर्माले मिडियासम्बन्धी अधिकारलाई कुण्ठित गर्ने ढंगको विधेयक आए संसदबाट कुनै पनि अवस्थामा पास हुन नदिने प्रतिबद्धता जनाए । उनले संविधानको मुल मान्यतालाई पालना गराउन प्रतिबद्ध रहेको भन्दै उनले त्यही विषयलाई लिएर सडकमा जान आवश्यक नरहेको बताए । 
 
उनले सरकारलाई लोकतन्त्रको मूल्य मान्यताविरुद्ध जान नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।