मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सरकारले जनताको पक्षमा ठोस काम गर्न सकेन : सभापति देउवा

सरकारले जनताको पक्षमा ठोस काम गर्न सकेन : सभापति देउवा


विराटनगर । नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले सरकारले जनताको पक्षमा कुनै ठोस काम गर्न नसकेको टिप्पणी गरेका छन् । 
 
विराटनगर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै उनले सरकारको काम कारबाहीबाट जनतामा निराशा छाएको छ स्पष्ट पारे । 
 
सभापति देउवाले प्रेस स्वतन्त्रतामा अंकुश लगाउने तथा मानवअधिकार कुण्ठित हुने गरी संसद्मा ल्याएका विधेयकहरू कांग्रेसले पारित हुन नदिने बताए । उनले भने, ‘प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ । जबर्जस्ती गर्न खोजे कुनै पनि हालतमा पारित हुन दिँदैनौं ।’
 
सरकारले ल्याउने बजेट विपक्षी दलसँगको छलफल एवं सहमतिमा ल्याउनुपर्नेमा जोड दिँदै उनले एक पक्षीय ढंगले ल्याउने र विपक्षीको मागलाई सम्बोधन नगरे आफूहरूलाई मान्य नहुने बताए । 
 
पूर्वप्रधानमन्त्री देउवाले नेपाली कांग्रेसले सदनमा प्रतिपक्षको प्रभावकारी भूमिका खेलेको पनि उल्लेख गरे । 
 
सभापति देउवाले पार्टीको महाधिवेशन समयमै हुने र कांग्रेसको जागरण अभियानले देशभर जनतामा राम्रो सन्देश गएको बताउँदै यसबाट पार्टीलाई नयाँ जोश र थप ऊर्जा प्राप्त भएको विचार व्यक्त गरे ।